Aamsanchar

चीनले अमेरिकी सैन्य अखडामा आक्रमणका लागि अभ्यास गरिरहेको छ : पेन्टागन

Author Image
शनिवार, भदौ २, २०७५

काठमाण्डौं ।

अमेरिकी रक्षा मन्त्रालयको एउटा रिपोर्टमा चीनले प्रशान्त महासागरमा अमेरिका र उसको सहयोगीको सैन्य अड्डामा आक्रमणका लागि अभ्यास गरिरहेको आरोप लगाइएको छ ।

बीबीसीका अनुसार अमेरिकी संसदमा पेस गरिने वार्षिक प्रतिवेदनमा पेन्टागनले चीनले आफ्नो लडाकू विमानको सहयोगले यो क्षेत्रमा लामो दूरीमा प्रहार गर्ने क्षमता वृद्धि गरिरहेको छ । चीनले भने यसबारेमा केही प्रतिक्रिया दिएको छैन ।

प्रतिवेदनमा पछिल्लो तीन वर्षमा चीनको पिपल्स लिबरेसन आर्मी(पीएलए)ले लडाकू विमानद्वारा आक्रमण गर्नका लागि समुद्री क्षेत्रको विस्तार गरेको पनि बताइएको छ ।

पेन्टागनले चीनले भविष्यमा ताइवानलाई पनि गाभ्ने रणनीति बनाइराखेको बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर