Aamsanchar

भ्रष्टाचारमुक्त समाज बनाउन अपिल : नेता नेपाल

Author Image
सोमवार, भदौ ४, २०७५

गौर, 

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नं २ लाई भ्रष्टाचारमुक्त समाज बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

उहाँले आइतबार गृहजिल्ला रौतहटको राजदेवी नगरपालिका–७ अवस्थित सामुदायिक भवनको उद्घाटन गर्नुहुँदै भ्रष्टाचारमुक्त समाज निर्माणमा सबैको सहयोगको अपिल गर्नुभयो ।

वरिष्ठ नेता नेपालले प्रदेश नं २ कै नमुनाको रुपमा रहेको गौर नगरपालिकास्थित गौर राइसमिलको सार्वजनिक छ बिगाहा जग्गा मधेशवादी दलका केही नेताहरुले बिक्री वितरण गरेकामा आपत्ति जनाउँदै उनीहरुमाथि कानूनी कारवाहीे हुने चेतावनी दिनुभयो । सरकारले भ्रष्टाचारीलाई कारवाही गर्न कडा कदम चालिरहेको उहाँले बताउनुभयो ।

यसैबीच नेकपाद्वारा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपामा प्रवेश गरेका मधेशी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर महतोसहित सयौँ कार्यकर्तालाई स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर