Aamsanchar

प्रदेशसभामा प्रमले सम्बोधन गर्ने चलन नभएको जिकिर

Author Image
मङ्गलवार, भदौ ५, २०७५

 धनुषा,

प्रदेश नं २ को मुख्य विपक्षी दल नेपाली काँग्रेसले प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने काम विश्वको कुनै मुलुकमा नदेखिएको जनाएको छ ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले सप्तरीको मलेठ घटना र राजर्षि जनक विश्वविद्यालय सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सही नभएको ठहर गरेको छ ।

प्रदेश नं २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले उहाँ अंगरक्षकसहित सदनमा प्रवेश गर्नु संसदीय मर्यादा विपरीत भएको जिकिर गर्नुभयो । काँग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवले प्रदेशसभामा सम्बोधन गरेर प्रधानमन्त्रीले नियन्त्रण गर्न खोजेको आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर