Aamsanchar

समृद्ध राष्ट्र निर्माण गर्न सरकार अग्रसर

Author Image
मङ्गलवार, भदौ ५, २०७५

भक्तपुर, 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माण गर्न सरकार अग्रसर भएको बताउनुभएको छ ।

पाठ्यक्रम विकास केन्द्र स्थापना भएको ४८औँ वर्ष प्रवेशको अवसरमा आज आयोजित पाठ्यक्रम दिवस कार्यक्रममा बोल्दै उहाँले समृद्धि राष्ट्र निर्माण गर्ने मुख्य आधार शिक्षा नै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समृद्ध राष्ट्र निर्माण गर्ने मुख्य आधार शिक्षा हो, देश विकासको मेरुदण्ड पनि शिक्षा नै हो, त्यसैले अब देशभक्तिले ओतप्रोत भएको पाठ्यक्रम निर्माण गर्नुपर्छ र जीवन उपयोगी शिक्षाको विस्तार गर्नुपर्छ ।”

पाठ्यक्रम विकास केन्द्रलार्य गतिशील संस्थाका रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिँदै मन्त्री पोखरेलले भन्नुभयो, “पाठ्यक्रम बनाउँन वर्षौ कुरिरहनु पर्ने विधि उपयुक्त छैन । आवश्यकता अनुसार अनुसन्धानबाट नयाँ कुरा आएको छ भने त्यसलाई पाठ्यक्रममा समेट्नका लागि अर्को पाँच वा १० वर्ष कुर्ने परम्परा उपयुक्त छैन ।”

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव खगराज बरालले सबै तहका विद्यार्थीका लागि एउटै पाठ्यक्रम, एउटै पाठ्यपुस्तक, एउटै परीक्षा नीति, परीक्षाको मूल्याङ्कन एउटै भएको बताउनुभयो बताउनुभयो ।

कार्यक्रममा मन्त्री पोखरेलले केन्द्र परिषद्मा फलफूलको विरुवा रोप्नुभएको थियो भने केन्द्रले प्रकाशित गरेको स्मारिका शिक्षाको विमोचन गर्नुभएको थियो । प्रा डा बासुदेव त्रिपाठी, प्रा डा शिशिरकुमार स्थापित, प्रा डा सिद्धिप्रसाद कोइराला, प्रा डा शारदा महर्जन र प्रा रामकुमार पाँडेलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर