Aamsanchar

प्रदेश–१ मा बुधबार सार्वजनिक बिदा

Author Image
मङ्गलवार, भदौ ५, २०७५

मोरङ,

एक नम्बर प्रदेश सरकारले भदौ ६ गते बुधबार सार्वजनिक बिदा दिने भएको छ ।

मंगलबार अघि एक नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषदको बैठकले बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

मुस्लिमहरुको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदाको माग आएपछि प्रदेश सरकारले निर्णय नै गरेर सार्वजनिक बिदा दिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर