Aamsanchar

धूमपान गर्नेका सन्तानमा फोक्सोसम्बन्धी गम्भीर रोग

Author Image
बुधवार, भदौ ६, २०७५

एजेन्सी ।

धूमपान गर्ने अभिभावकसँगै हुर्किएका बालबालिकाहरूमा पनि फोक्सोसम्बन्धी गम्भीर रोगका कारण मृत्यु हुने गरेको छ।

हरेक वर्ष प्रत्येक एक लाखको दरले ‘प्यासिभ स्मोकिङ’ अर्थात् चुरोट पिउने मानिसहरूको वरपर रहे धूमपान नगर्ने वयस्कहरूले ज्यान गुमाइरहेको अमेरिकी  अनुसन्धानबाट खुलेकाे हाे। चुरोट पिउने मानिसहरूको वरपर रहेर हुर्किएका बालबालिकामध्ये थप सात जनाको मृत्यु हुने गरेको अनुसन्धानबाट खुलेको जनाइएको छ।

अमेरिकी क्यान्सर सोसाइटीले ७० हजार ९०० चुरोट नपिउने पुरुष तथा महिलामा गरिएको अध्ययनले यस्तो देखाएको जनाइएको छ।  अनुसन्धानकर्ताहरू भन्छन्, ‘बालबालिकालाई जोगाउने सबैभन्दा उत्तम तरिका भनेको अभिभावकले धूमपान गर्न छोड्नु हो।’

त्यस्तै धूमपान गर्नेसँग बसेका मानिसहरूमा स्वास्थ्यसम्बन्धी अन्य समस्या देखिएको सो अध्ययनले पत्ता लगाएको छ। प्रत्येक हप्ता १० वा त्योभन्दा धेरै घण्टा चुरोटको धुवाँको सम्पर्कमा आएमा ’इस्किमिक मुटुरोग’का कारण ज्यान जाने जोखिम २७ प्रतिशतले बढ्ने जनाइएको छ।

त्यस्तै चुरोट नपिउनेभन्दा चुरोट पिउनेहरूमाझ हुर्किएकाहरु मस्तिष्काघातका कारण २७ प्रतिशत तथा दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुने जोखिम ४२ प्रतिशत रहेको उक्त अध्धयनले देखाएको छ।  अध्ययनका क्रममा सहभागीहरूलाई उनीहरू आजीवन चुरोटको धुवाँको कत्तिको सम्पर्कमा रहे भनेर प्रश्न गरिएको थियो र त्यसपछि अर्को २२ वर्षसम्म उनीहरूको स्वास्थ्य अवस्थालाई निगरानीमा राखिएको थियो।

चुरोट पिउने आमाबाबुका छोराछोरी दम तथा फोक्सो राम्रोसँग विकास नहुने समस्याको जोखिममा हुन्छन्। सो अध्ययनले बाल्यकालमा चुरोटको धुवाँको सम्पर्कमा रहे त्यसको असर वयस्क अवस्थासम्म रहने र श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग लाग्ने देखाएको छ।-थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर