Aamsanchar

एनआरएनएको मध्यपुर्व भेलाको तयारी पूरा

Author Image
बुधवार, भदौ ६, २०७५

सुर्य खवास/युएई ।

“सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार स् ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार” भन्ने मुल नाराका साथ यहि अगष्ट २३ देखि २५ तारिखसम्म युएईको दुबईमा हुन गैरहेको छैटौं मध्यपूर्व क्षेत्रीय बैठकको तयारी पूरा भएको एनआरएनए युएईले जनाएको छ ।

भेलाको प्रमुख अतिथि नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री बिना मगर आउने निश्चित भएको प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । उक्त भेलामा श्रम मन्त्रालयका तर्फबाट उपसचिव विपिन आचार्य र पुर्व श्रममन्त्री रमेश लेखक पनि विशेष अतिथिका रूपमा आउने छन । यसैगरी भेलामा एनआरएनएका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, सचिवालयबाट हेमन्तकुमार दवाडी, कानुनी सल्लाहकार स्वेच्छा घिमिरे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिपकुमार थापा पनि भेलामा अतिथिका रूपमा सहभागी हुने भएका छन् ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउन समयसापेक्ष सुधार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमुलुक तालिम तथा फर्केर आएका युवा युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन, समाजमा पुनरस्थापना तथा समायोजन, घरेलु कामदारको समस्या, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगारीमा जाने क्रममा हुने ठगी नियन्त्रण फ्रि–टिकट तथा भिषाको कार्यान्वयन, अंगभंग भएका र मृत्यु भएकाको परिवारलाई सरकारले दिनुपर्ने सुविधा लगायतका विषयमा बृहत छलफल गर्दै युएई घोषणा पत्र जारी गर्ने एनआरएनएका मध्यपुर्व उपसंयोजक गोपाल कँडेलले जानकारी दिए ।

मध्यपुर्वका १२ देशका एनआरएनए सामाजिक अभियन्ताहरुको उपस्थित रहने तथा एनआरएनए आइसीसीबाट पनि उल्लेख्य सहभागीता रहने सो भेला युएईमा गर्न पाउनु राम्रो अवसर भएको भन्दै सरकार र सरोकारवाला माझ मध्यपूर्वका मुद्दाहरु प्रति गम्भीर ध्यानाकर्षण गराउन बैठकमा सहभागी भई सफल बनाउन सञ्चारकर्मी लगायत सम्बन्धित सबैमा सँग एनआरएनए युएईले आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)