Aamsanchar

कांग्रेसमा गुटबन्दीले नेता–कार्यकर्ता विभाजित : महामन्त्री कोइराला

Author Image
बुधवार, भदौ ६, २०७५

नेपालगञ्ज।

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेले बुधबार गरेको पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री कोइरालाले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने कांग्रेस झन कमजोर हुने बताए । ‘कांग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । यो कुरा नेता, कार्यकर्ताले बुझ्नु पर्छ,’ उनले भने ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले वर्तमान सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय नभएको बताए । ‘तर, सरकारले मुलुकका सही दिशा दिन सकेको छैन,’ उनले भने ।

यसैबीच, आजै नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर लानुपर्ने दायित्व नेतृत्वको भएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर