Aamsanchar

काँग्रेस भक्तपुरको उपसभापतिमा नेपाल

Author Image
बिहिवार, भदौ ७, २०७५

भक्तपुर, 

नेपाली काँग्रेस जिल्ला कार्यसमिति भक्तपुरको उपसभापतिमा हरिप्रसाद नेपाल मनोनीत हुनुभएको छ ।

कार्यसमितिको आज सम्पन्न १६ औँ बैठकले निर्वाचित जिल्ला सदस्य नेपालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । बैठकले समितिको सचिवमा निशान ढुङ्गेल र सहसचिवमा किरण न्यौपानेको नाम सर्वसम्मत अनुमोदन गरेको नवनियुक्त सहसचिव न्यौपानेले जानकारी दिनुभयो । जिल्ला सभापति दुर्लभ थापाले ती नाम अनुमोदनका लागि प्रस्ताव गर्नुभएको थियो ।

जिल्ला सभापति थापाले दिलकृण्ण प्रजापति, गजेन्द्रशङ्कर तिमिला र विनोदप्रसाद कुइँकेललाई जिल्ला सदस्यमा मनोनयन गर्नुभएको छ । यसअघि रवीन्द्र प्रधान, सुशील बस्नेत र दयामान कर्माचार्य जिल्ला सदस्य हुनुभएको थियो ।

सभापति थापाले महासमिति सदस्य गणेशमान चक्रधर, बाबुराजा जोशी, रामेश्वरप्रसाद ढुङ्गेल, मदनकृष्ण श्रेष्ठ, रजनी जोन्छेंलगायतलाई स्थायी आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर