Aamsanchar

विवाहको नाटक गरेर सबै सम्पत्ति लुटिन यी बेहुलीले !

Author Image
बिहिवार, भदौ ७, २०७५

काठमाडौं,

भारतको उत्तर प्रदेश राज्यमा एउटी महिलाले विवाह गरेर परिवारवालाई लुटेको घटना सामुन्ने आएको छ। यहाँको अलीगढ सहर नजिकै इगलास भन्ने ठाउँमा दुलहीले विवाहको चौथो राति परिवारका सदस्यहरूलाई खानामा नसालु पदार्थ मिलाएर घरमा भएको नगद पैसा र गरगहना लगेर बेपत्ता भएकी छिन् ।

बिहान अबेरसम्म पनि घरको कोही मान्छे नब्युँझिएपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए । बिहानसम्म अचेत अवस्थामा रहेका परिवारजनलाई प्रहरीको सहयोगमा अस्पताल पुऱ्याइएको थियो ।

प्रहरीले तत्कालनै दुलहीलाई खोज्ने कार्य सुरु गरेको थियो । प्रहरीले दुलहीको माइतीघरमा पुगेर बुझ्न खोज्दा यस लूटको थप रहस्य खुलेको थियो । तिनको माइती परिवार उक्त घरमा भाडामा बस्ने गरेको र उनीहरूले घर खाली गरेर भागिसकेको बुझिन आएको छ ।

उत्तर प्रदेश राज्यको अलीगढ जिल्लास्थित इग्लास थाना क्षेत्र अन्तर्गत साथिनी गाउँ निवासी बलबीरले आफ्ना छोरा रविको विवाह टुंडला गाउँ निवासी चन्द्रपालकी छोरी गुडियासँग पांच दिन अगाडि मात्रै गरेका थिए । विवाहको चौथो दिन दुलहीका बुवा चन्द्रपाल आफ्नी श्रीमतीसँगै छोरीलाई माइत बोलाउने भन्दै छोरीको घर पुगेछन् ।

साँझको खाना दुलही गुडियाले नै पकाइन् । तर खाना खानासाथ घरका सबै सदस्य बेहोस भए । उनीहरूलाई अस्पतालमा होस् आउँदा मात्र थाहा भयो, घरमा रहेको नगद मात्र होइन घरमा अहेको र घरका अन्य महिलाहरूले लगाएको गरगहना समेत सबै थुतेर दुलही भागिसकेकी रहिछन् । यसरी उक्त खाना खाएर बेहोस भएका केही सदस्यहरूको अवस्था अझै गम्भीर रहेको बताइएको छ । उनीहरूलाई जिल्ला अस्पताल रिफर गरिएको छ ।

उता प्रहरीले दुलहीको माइतीघरमा सम्पर्क गर्न खोज्दा उनीहरूले त्यही रति घर खाली गरेर भागिसकेको खुल्न आएको छ । उक्त घर उनीहरूको आफ्नो नभई तिनीहरूले भाडामा लिइएको बुझिएको छ ।-नौलो न्यूजबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर