Aamsanchar

बाढी प्राभावित पश्चिम जापानमा भीषण आँधी

Author Image
बिहिवार, भदौ ७, २०७५

टोक्यो, 

पश्चिम जापानमा बिहीबार भीषण आँधी आएको छ । भीषण बाढीबाट गत महिना नराम्रोसँग प्रभावित इलाकालगायत अन्य क्षेत्रमा यसपटक पनि भारी वर्षा र पहिरो जाने चेतावनी मौसम विज्ञान विभागले दिएको छ ।

ग्रीनवीच समयअनुसार बुधबार २३०० बजे ‘सिमारोन’ नामक यो आँधी गोटो द्वीपबाट करिब १८९ किलोमिटर दक्षिणपश्चिममा २१६ किलोमिटर प्रतिघण्टाको बेगले आएको छ । यस आँधीको कारण बिहीबार अबेर राति भूस्खलन हुने आशङ्का गरिएको छ । यो आँधी शुक्रबार बिहान देशको उत्तरी भागतिर पुग्नेछ ।

आँधीसँगै भीषण वर्षा हुने सम्भावना रहेकोले मध्य जापानका केही भागमा शुक्रबार मध्याह्नसम्म ३१ इन्च (८०० मिलिमिटर) सम्म वर्षा हुने मौसमसम्बन्धी सरकारी अधिकारीहरुले बताएका छन् ।

भारी वर्षा हुने सम्भावना रहेका इलाकामा गत महिनाको बाढी प्रभावित इलाका समेत रहेका छन् । गत जुलाईको बाढी र पहिरोमा परेर २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर