Aamsanchar

तिजको रौनक बढयो, एकै कार्यक्रममा सय बढीले नाचेर मनाए तिज

Author Image
बिहिवार, भदौ १४, २०७५

बिर्तामोड, भदौ १४। वीरता लेडी जेसीजको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता रिजाल ढकालको अध्यक्षता तथा कनकाई एजुकेशन फाउण्डेशनकी संस्थापक अञ्जना ढुंगानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक यशोदा उप्रेतीले स्वागत र अर्की कार्यक्रम संयोजक लीला दंगालले आस्था वाचन गरेकी गरेकी थिईन । 

निवर्तमान अध्यक्ष नैनकला भट्टराईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा वीरता लेडी जेसीजकी पूर्वअध्यक्ष कञ्चना सिटौला, वीरता जेसीजका अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, सूर्याेदय टेलिभिजनकी विष्णु मैनाली, ओली एण्ड एशोसिटका हरिप्रसाद ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा महिला उद्यमी वैभव लेडिज ड्रेस डिजाइनिङ कर्नरकी सञ्चालक जिना तामाङलाई सम्मान गरिएको थियो । कार्यक्रममा वीरता लेडी जेसीजकी पूर्व अध्यक्षहरु राधा सुब्बा, उर्मिला खरेल, पार्वता खरेल विमली, आजीवन सदस्य सिला ढकाल, वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवाल, प्रशान्त भण्डारी, रोटरी क्लव अफ बिर्तामोड मिड टाउनकी अध्यक्ष शुभ कुमाई पाठक, महिला नेतृ पार्वता गिरी, महिला उद्यमी संघकी अध्यक्ष गोमा भट्टराई लगायतको आतिथ्य रहेको थियो ।


कार्यक्रममा गीत तथा नृत्य प्रतियोगिता गरिएको थियो उक्त प्रतियोगितामा प्रतियोगी र अप्रतियोगिता गरी सय भन्दा बढी नाचगान गरेका थिए ।  गीत प्रतियोगितामा गीता ढुंगेल प्रथम, आरुसी सिटौला द्वितीय, सुष्मा पौडेल तृतीय भएका थिए भने नृत्य प्रतियोगितामा रिता खरेल, कल्पना ओली, आरुसी सिटौला प्रथम र मञ्जु दाहाल, बिनु ओली, पार्वता गिरी द्वितीय भएका थिए । कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव सरु भुर्तेल खनालले गरेकी थिइन् । कार्यक्रममा महिला दिदी बहिनीहरुको तिज विशेष फोटो शेसनको कार्यक्रम पनि राखिएको थियो । फोटो शेसनमा एक सय भन्दा बढीले सहभागी जनाएका थिए । फोटोग्राफी नेशनल भिजन विर्तामोड–२ चारपानेका संचालक एवं झापाली फोटोपत्रकार विनोद पाण्डेले गरेका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर