Aamsanchar

स्याउलाई लगाईदै ल्याएको लुगा, च्याउले पनि लायो (फोटो)

Author Image
शनिवार, भदौ १६, २०७५

लगभग पाँच हजार वर्ष अगाडिदेखिको खोज र अनुसन्धानबाट संसारमा तीन हजार ८०० किसिमका च्याउहरू पत्ता लागेका छन् । तीमध्ये एक हजार जाती विषालु, दुई हजार जाती खान योग्य र २०० जाती औषधीय गुणयुक्त पाइएका छन् । तीमध्ये पनि ६ किसिमका च्याउ अद्वितीय गुणले भरिपूर्ण छन् । च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो ।
खान योग्य च्याउहरू पनि बुझेर मात्र खानुपर्छ धेरै प्रजातीहरू खान योग्य च्याउहरूलाई कृत्रिम रूपमा रोप्न या खेती गर्न सकिदैन । यसैले च्याउहरू जंगलबाट सकंलन गर्ने कार्य संसारभर नै चलेको छ । तर खान योग्य च्याउहरू पनि कुनै कुनै अवश्थामा बिषालु बन्न पुग्छन् । खान योग्य र पहिले खाएका च्याउहरू नै पनि कुहिन थालेपछि बिषालु बन्छन् । त्यस्तै कतिपय च्याउहरू कुनै निश्चित खानेकुरासँगसँगै खान हुदैन । जस्तै कोप्रिनस प्रजातीका च्याउहरू रक्सीसँग खाएमा बिषालु हुन्छन् ।
च्याउका बारेमा रहेका केही गलत धारणाहरू र तिनको खण्डन खान योग्य च्याउहरू चम्किला र उज्याला हुन्छन् । धेरै खानयोग्य च्याउहरू चम्किला, उज्याला हुने भएपनि केही बिषालु च्याउहरूमा पनि यो गुण हुने गर्छ । धेरै बिषालु च्याउहरू सेतो रंगका हुन्छन् । एमानिटा प्रजातीको बिषालु च्याउ एमानिटा म्युस्कारिया चम्किलो रातो तथा पहेलो हुनेगर्छ ।
प्राकृतिक रूपमा उम्रने च्याउहरू कतिपय अति पौष्टिकतत्वपाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि । लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरूमा खानयोग्य र बिषालु छुट्याउँन गार्‍हो पनि हुन्छ । कुन च्याउ खानयोग्य र कुन बिषालु हुन्छन् भन्ने छुट्याउँन मानिसहरू परम्परागत ज्ञानको प्रयोग गर्छन् । तर कतिपय अवश्थामा यो क्रम भंग हुन्छ र मानिसहरू अकालमा मृत्युको शिकार बनिरहेका पनि छन ।  
सब्द तस्वीर : कमल पाण्डे विनोद/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर