Aamsanchar

सडक दुर्घटनामा परि घाईते राधालाई प्रवासी नेपाली मञ्च युएईको आर्थिक सहयोग

Author Image
मङ्गलवार, भदौ २६, २०७५

सुर्य खवास / युएई,

रोजगारिकालागि परदेशिनु अब नेपालिकालागी कुनै नौलो रहेन । सुनौलो भविष्यको सपना सजाउदै परदेशिनेहरु सबैको सोचेजस्तो सुखद कहाँ हुन्छ र  १३ अगष्टका दिन यस्तै दुस्खद घटना घटन पुग्यो विगत पाँच वर्ष देखि युएईमा कार्यरत काठमाण्डौकि राधा बराईली को जिवनमा पनि ।

कामको शिलशिलामा जाने क्रममा आबुधाबिको साबियामा जेब्राक्रसबाट सडक पार गर्ने क्रममा गाडिले ठक्कर दिदा उहाँ घाईते हुन पुग्नु भयो । तत्काल उपचारकोलागी मफ्रक हस्पिटल पुर्‍याईयो । तर गाडिको ठक्करले उहाँको डाडमा पुर्‍याएको चोटले गर्दा सहजरुपले हिडडुल गर्न नसक्ने हुनुभयो ।

परदेशमा नेपालिहरुलाई दुस्ख, अफ्ट्यारो पर्दा सधै साथ र सहयोगकोलागी तयार रहने प्रवासी नेपाली मंच युएईले सदाझै यस पटकपनि राधाको सहयोगकालागी विपिन सापकोटाको अगुवाईमा सहयोग अभियान संचालन गरि सहयोग संकलन गरेको थियो ।

नेपाल सरकारका पुर्व सामान्य प्रशासन मन्त्री युवराज कार्किको प्रमुख आथित्य तथा प्रवासि नेपाली मन्च युएईका अध्यक्ष श्याम कडेंल को सभापतित्वमा गत शुक्रवार एक कार्यक्रमको आयोजना गरि सहयोग रकम युएई दिराम ६५९१र(९ छ हजार पाँछ सय एकानब्बे० घाईते राधा बराईलिलाई हस्तान्तरण गरियो ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथी कार्किले मंचले गरेको मानविय कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै आगामि दिनहरुमा मंच प्रवासी नेपालिहरुको अभिभावक बन्नुपर्नेमा जोड दिदै घाईते बराईलिको स्वास्थ्य लाभको कामना गर्नु भयो । यसैगरी अर्का अतिथी जनप्रगतिशिल मंचका कर्यबाहक अध्यक्ष बाबुराम विश्वकर्माले मंचले गरेका कार्यहरुको प्रशंसा गर्दै घाईते बराईलिको स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर