Aamsanchar

दिवंगत पत्नीको अन्त्येष्टिका लागि पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफ रिहा

Author Image
बुधवार, भदौ २७, २०७५

पाकिस्तान,

भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई दिवंगत पत्नीको अन्त्येष्टि गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ ।

शरीफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा क्यान्सर रोगका कारण निधन भएको थियो । कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरीफ र उहाँकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ । पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लिग–नवाज –पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उहाँ पाकिस्तान फर्कनुभएको थियो ।

शरीफ र उहाँकी छोरी मरियमलाई हवाई जहाजमा राखेर लाहोर पु¥याइएको छ । कुलसूमको अन्त्येष्टि लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ । उनीहरु दुवैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृह मन्त्रालयले उनीहरुको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारका एक अधिकारीले बताउनुभयो । स्थानीय सञ्चार माध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिने बताएका छन् ।

राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसूमले नवाज शरीफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँलाई क्यान्सर भएको गत वर्ष अगस्टमा पत्ता लागेको थियो । महिनौंदेखि लन्डनस्थित एक निजी अस्पतालमा उहाँको उपचार भइरहेको थियो । नवाज शरीफविरुद्ध तीव्र प्रचार गरेर चर्चामा आउनुभएका प्रधानमन्त्री इमरान खानले कुलसूमको निधनप्रति दुःख प्रकट गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर