Aamsanchar

प्रेमिकालाई भेट्न आएका युवककाे भयाे यस्ताे हविगत, यसरी कपाल खौरिएर जुत्ताको माला लगाई बजार घुमाइयो

Author Image
बिहिवार, असोज ४, २०७५

एजेन्सी,

आफ्नी प्रेमिका भेट्न गएको एक युवकमाथि अाइपर्याे विपत । प्रेमिकालाई भेट्न आएको कुरामै भयो ठुलाे बहस । उनी प्रेमीको घर नजिकै पुग्दा केही मानिसले नियन्त्रणमा लिएर यस्तो गरेका थिए ।

युवकलाई नियन्त्रणमा लिनेहरुले यथार्थ थाहा पाएपछि आक्रोशमा आए र एक्लो रहेका युवकको जबरजस्ती कपाल खौरिदिए । कपाल खौरिएर मात्र उनीहरुको रिस शान्त भएन । त्यसपछि युवकलाई जुत्ताको माला लगाएर पिट्दै बजार घुमाइयो ।

यो घटना भारतको बुलंदशहर नगर कोतवालीको हो । प्रेमिकालाई भेट्न गएका युवकको यस्तो हविगत गर्ने अरु कोही नभएर प्रेमिको परिवारका सदस्यनै थिए । आक्रोशित परिवारका सदस्यले युवकलाई यो हदसम्मको अपमान र सजय दिएका हुन् ।

यो क्रममा त्यहाँ निकै भीड जम्मा भइसकेको थियो । भीडबाट कसैले प्रहरीलाई सम्पर्क गरेपछि केही समयमै घटनास्थलमा प्रहरी आइपुग्यो ।

प्रहरीले युवकलाई आफूसँगै लिएर गएपछि मात्र युवकमाथिको कहर अन्त्य भएको थियो । हाल दुवै पक्षबाट प्रहरीमा मुद्धा दर्ता भएको छ ।

भीडबाट कसैले खिचेको यससम्बन्धी भिडियो अहिले भारतमा समाजिक संजालमा भाइरल भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर