Aamsanchar

चार बर्षिया बालिका बलात्कार गर्ने शिक्षकलार्इ मृत्युदण्ड

Author Image
बिहिवार, असोज ४, २०७५

एजेन्सी ।

भारतको मध्यप्रदेशको सतना जिल्लाको एक अदालतले चार वर्षीया बालिका बलात्कार गरेको मामलामा २३ वर्षे सरकारी अतिथी शिक्षकलाई बुधबार मृत्युदण्डको सजायँ सुनाएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार घटनाको ८१ औं दिनमा यो निर्णय सुनाइएको हो । पछिल्लो ७९ दिनदेखि बालिका दिल्लीको एम्स अस्पतालमा भर्ना छिन् । उनको स्थिती अहिलेसम्म चिन्ताजनक बताइएको छ ।

जिल्ला न्यायाधिसले दिनेश कुमार शर्माले चार वर्षीया बालिकाको अपहरण गरेर बलात्कार गरेको मामलामा महेन्द्र सिंह गोन्डलाई दोषी ठहर गर्दै उसलाई मृत्युदण्डको सजायँ सुनाएका हुन् ।

‘दिल्लीमा रहेका पीडित बालिका र उनका परिवारको बयान भिडियो कन्फरेन्समार्फत लिएपछि गोन्डलाई मृत्युदण्डको सजायँ सुनाइएको हो,’ जिल्ला अभियोजन अधिकारी रामपाल सिंहले भने ।

सिंहका अनुसार गोन्ड पीडितको परिवारसँग निकै नजिक थिए । जुलाई १ तारिखमा पीडित बालिकाका बुवालाई भेट्न गोन्ड मातेको अवस्थामा उनको घर गए । उनले त्यहाँ ती बालिकालाई घर बाहिरको कटमा सुतिरहेको देखे । बालिकाका बुवालाई भेटेपछि उनी त्यहाँबाट फर्किए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर