Aamsanchar

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा

Author Image
शुक्रवार, असोज ५, २०७५

झापा ।

बिश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो क्षेत्रीय सम्मेलनको तयारी कोरीयाको सिउलमा लगभग अन्तिम चरणमा पुगेको जनाएको छ।

२७ जनवरी २०१७ मा स्थापना भएको यो संस्थाले अहिलेसम्म धेरै सामाजिक र परोपकारी कार्यहरु गर्दै आएको छ। अक्टोबर २०१७ मा झापाको बिर्तामोडमा भएको अन्तर्राष्ट्रिय झापाली समाजको केन्द्रीय अधिवेशनबाट सर्वसम्मतबाट अष्ट्रेलिया निवासी दिनेश पोखरेललाई अध्यक्ष पदमा चयन गरेको यो संस्थाले पोखरेलको कुशल नेतृत्वमा अन्तराष्ट्रिय संजाललाई बिश्वब्यापी रूपमा विस्तार गर्द हालसम्म २४ देशमा आफ्नो संस्था गठन गरिसकेको छ भने कतारको दोहा पश्चात कोरीयाको सिउलमा क्षेत्रीय भेला गर्देछ।

आगामी दिनहरुमा यो संस्था संसारका अरू धेरै मुलुकहरुमा रहेका झापाली हरूलाई समेटेर बिस्तार गरिदै लैजाने उद्देश्य रहेको अन्तर्राष्ट्रिय झापाली समाजको केन्द्रीय अध्यक्ष दिनेश पोखरेलले वताउनु भएको छ।

आगामी सेप्टेम्बर २४, २५ र २६ तारिखमा सउल ड्रागन सिटी ९योङ्सान स्थित पाँचतारे होटल नोवेटल० मा हुने सम्मेलनको तयारी दक्षिण कोरिया निवासी अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार तथा दक्षिण कोरिया एनआरएनका संस्थापक अध्यक्ष केपी सिटौलाको संयोजकत्वमा तथा झापाली समाज कोरीयाको सक्रियतामा भै रहेको छ।

‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली समाज’ को नाराका साथ सम्पन्न हुन लागेको यो सम्मेलनले झापा जिल्लामा सामुहिक लगानी मार्फत कृषि, पर्यटन, उर्जा आदि जस्तै उत्पादनसील बिभिन्न क्षेत्रमा लगानीको अबसर सृजना गरी रोजगार तथा उद्धयमसिलताको विकास गरी यहाँका जनतालाई बिभिन्न माध्यमबाट सहयोग गर्ने नै मुख्य उद्देश्य रहेको अन्तराष्ट्रिय झापाली समाज दोस्रो क्षेत्रीय भेला तैयारी समितिका संयोजक सिटौलाले बताए।

अमेरिका, अस्ट्रेलिया, जापान, हङ्कङ, इजरायल, कतार, युके आदि देशहरुबाट प्रतिनिधिहरु आउन सुरु भइसकेको र अन्य देश्हरुबाट आउने प्रकृया भइरहेको वरिष्ठ उपाध्यक्ष छत्र सूब्बाले बताए।

कार्यक्रमको प्रमुख अथितिको रुपमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की , नेपाली कङ्ग्रेसका प्रभावशाली यूवा नेता तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, राप्रपा महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनको उपस्थिति पक्का भएको तथा चर्चित गायक प्रमोद खरेल, चर्चित हाँस्य कलाकार राजा राजेन्द्रको पनि बिशेष उपस्थितिको बारेमा कुराकानी भैइरहेको प्रवक्ता महेन्द्र चम्लागाईले बताए।

नेपाल सरकारसँग बैधानिक रूपमा नै दर्ता भईसकेको यो समाजले बिश्वभर छरिएर बसेका झापालीहरूलाई एकीकृत गरी कृषि, पर्यटन तथा औद्योगिक सम्भाव्यता खोजी गरी दीर्घकालिन सामूहिक लगानीको गुरुयोजनाको बारेमा पनि सउल भेलामा बृहत्तर छलफल गरिने जानकारीमा सचिब भुपाल सितौलाले दिएका छन।

अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथ झापा मिलन समाज दक्षिण कोरियाका अध्यक्ष राजु सन्तोशी थापा भन्छन, “हामी अर्काको देशमा आएर दुःखले दुइ चार पैसा कमाएर स्वदेशमा गएर केही गर्ने सोचिरहेका हुन्छौ तर भने जस्तो ठाउँ पाइराखेको हुदैनौं त्यस्ता साथीहरुका लागि यो भेला कोशेढुङ्गा साबित हुनेछ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर