Aamsanchar

अझासको ऐतिहासिक दोस्रो क्षेत्रीय विश्व सम्मेलन सम्पन्न, झापाको समृद्धीका लागि एकअर्ब बाट शुरु गर्ने

Author Image
शनिवार, असोज १३, २०७५

दिनेश कार्की / कोरिया ।

अन्तराष्ट्रिय झापाली समाजको दोस्रो क्षेत्रीय सम्मेलनले झापाको समृद्धीका लागि दुइ अर्ब बढीको लगानी गर्ने सहित महत्वपूर्ण ७ वटा घोषणाहरु उद्घोष गर्दै सम्पन्न गरेकोे छ ।

दुइ दर्जन बढी मुलुकबाट आएका झापाली प्रतिनिधहरुले सामुहीक लगानी र समृद्ध झापा बनाउने प्रतिवद्ध गर्दै दक्षिण कोरियाको योङसान स्थित नोभोटेल होटलको सभाहलबाट(सेप्टेम्बर २५) सो उद्घोष गरेका हुन् । सोही सम्मेलनले अर्को क्षेत्रीय सम्मेलन युरोपमा गर्ने समेत निर्णय गरेको छ ।

अझासले झापामा हाल देखिएको समस्या शब बहानको कमीले देखिएको समस्यला मध्ये नजर गर्दै तत्काल ५ वटा शब बहान स्थानीय निकायसँग सहकार्य गरी सञ्चालनमा ल्याउने, समृद्ध झापा, प्रदेश नं. १ तथा समृद्ध नोपल निमार्णलका लागि एनआरएन लगायतका राष्ट्रप्रेमी संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने भएको छ ।

त्यसैगरी अझासले सञ्चालन गरेको शिक्षा सम्बन्धी योजनालाई समन्वय गर्ने र झापा जिल्लाका अधिकतम विद्यालयको स्तर उन्नतीका लागि आवस्यक कदम चाल्ने, कृषि, स्वास्थ्य, पर्यटन, खेलकुद, बैक तथा उत्पादनशिल क्षेत्रमा सामुहीक लागनीका पहिलो कतारमा भएको सम्मेलनले पारीत गरेको ५० करोडको बजेटलाई एक अर्ब बनाउने तथा झापाका लागि झापाली भन्ने भावनासँगै नेपालका लागि नेपाली भन्ने भावनाका झापा बाहिर नेपालको भूगोल भित्र आवस्यकता पहिचान गरी आगामी दिनहरुमा सेवा तथा लगानी गर्ने लगायतका महत्वपूर्ण घोषणाहरु गरेको छ ।

अझासको लागि कोरिया स्थित झापा मिलन सम्पर्क समिती दक्षिण कोरियाको आयोजनामा सम्मपन्न सम्मेलनमा विश्वभरी छरीएर रहेका झापालीका साथै झापाका राजनीतिज्ञ, कलाकार, ब्ययसायी, पत्रकार, विद्यार्थी, तथा कोरियामा विभिन्न पेशामा आवद्ध झापाली एवम् कोरियामै क्रियाशिल अन्य विभिन्न संघसंस्था, कोरियाका लागि नेपाली दुतावास सहीत प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको समेप्रेत उपस्थिति रहेको थियो ।

सम्मेलनको सभापतित्व अझासका अध्यक्ष एवम् अझास अष्ट्रेलियाका अध्यक्ष तथा पूर्व एनआरए अष्ट्रेलियाका पूर्व उपाध्यक्ष दिनेश पोखरेलले गर्नु भएको थियो भने प्रमुख आतिथ्य प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मत कार्कीले गर्नु भएको थियो । त्यसै गरी विशिष्ठ आतीथ्यमा राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र ३ का माननीय सांसद राजेन्द्र लिंङदेन तथा नेपाली कांग्रेसका प्रवत्ता एवम् प्रभावसाली युवा नेता विश्व प्रका शर्माले गर्नु भएको थियो ।

अझासका संस्थापक अध्यक्ष तथा एनआरए अष्ट्रेलियाका संरक्षक भवानी ओली, अझासका सल्लाहाकार एवम् दक्षिण कोरियाका लागि मानार्थ पर्यटन दुत एनअरएन कोरियाका संस्थापक अध्यक्ष के.पी. सिटौला, अझास हङकङ छत्र सुब्बा, अझास जापानबाट मेघराज नेपाल, अझास अमेरिकाबाट मुकुन्द ढंगाना, अझास अष्ट्रेलिया दीपक चुडाल, अझास कतारबाट सन्तोस पराजुली, अझास कतारबाटै नबिन पोखरेल, केन्द्र्रिय सदस्य एनआरएन अष्ट्रेलिया अजय राजवंशी, सिताराम घिमिरे अझास अष्ट्रेलिया, डिल्ली थापा अझा िअमेरिका, तुलसी उप्रेती अझास हङकङ, निरजा ढुंगाना अझास अमेरिका, सरिता थापा अझास अमेरिका, ललित कुमार न्यौपाने अझास युके, राजु थापा अझास कोरिया, भुपाल सिटौला अझास केन्द्रीय महासचिव, महेन्द्र चम्लगाई अझास केन्द्रीय प्रवत्ता, हेम लावती अझास, तथा कोरियन संस्था जाबी खोङदाक हि का संयोजक जिसाङ सुनीम लगायत कोरियामा कार्यरत एनआरएन, एनसीसी, महिला का लागि महिला र अन्य थुप्रै जातीय संघ संस्था, जिल्लाका सम्पर्क समितीहरुको समेत उपस्थिति रहेको थियो ।

सम्मेलनमा नेपालकै चर्चित गायक झापाली प्रमोद खरेल, हांस्य कलाकार राज राम पोखरले आफ्नो प्रस्तुती सगै झापा लागि जुनसुकै सामाजिक कार्यमा आफुहरु पनि सहभागी हुने प्रतिवद्धता जनाए ।

सम्मेलनमै नेपाल बाट आमन्त्रित माननीय मन्त्री हिक्मत कार्की, माननीय सांसद राजेन्द्रे लिङदेन तथा विश्व प्रकास शर्माले आफुहरुले भष्ट्राचार नगर्ने र गर्न पनि नदिने प्रतिवद्धता गरे त्यस्तै तीन नै जनाले विदेशबाट हुने लगानीलाई सुरक्षित र मर्यादित बनाउने र विदेशको लगानीबाट नेपालमा रोजगारी निर्माण हुन्छ भने कुनै २० बर्ष सम्म कर मिनाहका लागि स्थानीय सरकार एवम् केन्द्र सरकारसम्म पहल गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

म्मेलन भइरहदा देशविदेश बाट शुभकामनाहरु पनि आइरहेका थिए । हाल अमेरिका पुगेका झापाली कलाकार विल्सम विक्रम राई, नेपालकै सम्माननीय प्रधान मन्त्री के.पी. शर्मा ओली ज्यूले समेत प्रधानमन्त्री कार्यालयबाटै लिखित शुभकामना पठाउनु भएको थियो ।

कार्यक्रममा विभिन्न देशबाट पाल्नुभएका अझासका प्रतिनिधहरुले अझासको महत्व, आवश्यकता र उद्देश्यबारे प्रकास पारेका थिए । कार्यक्रम कलाकार एवम् अझासका राजेश घतानीले सञ्चालन गरेका थिए भने के.पी. सिटौलाको अध्यक्षतामा सम्मेलन पूरा भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर