Aamsanchar

‘सहारा यत्रो ठूलो होला भन्ने सोचेकै थिएन’ : महेन्द्र गिरी

Author Image
आइतवार, कार्तिक ११, २०७५

वीरता जेसीजसहित झापाका १२५ संघ–संस्थाले तपाईलाई उत्कृष्ट नागरिक सम्मान २०७४ प्रदान गरेका छन् । कस्तो अनुभूति गरिरहनुभएको छ ?

– झापा जिल्लाको उत्कृष्ट नागरिकको रुपमा सम्मानित हुन पाउँदा म एकदमै हर्षित र गौरवान्वित भएको छु । मलाई समाजप्रति अझै धेरै योगदान गर्नुपर्छ भन्ने जिम्मेवारी पनि थपिए जस्तो लागेको छ । र, यस सम्मानको लागि वीरता जेसीज परिवार र सम्पूर्ण संघ–संस्थाहरुलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । सपरिवार उपस्थित गराएर भएको त्यो सम्मान अनि नगर परिक्रमासहित गृह प्रवेश गराइएको त्यो कार्यक्रम भव्य, गौरवमय र जीवनकै यादगार क्षणको रुपमा मैले लिएको छु ।

उत्कृष्ट नागरिक भएस“गै तपाई उत्तिकै चर्चामा हुनुहुन्छ रु यो सफलताका लागि आफ्नो योगदानलाई कसरी स्मरण गर्नुहुन्छ ?
– म यतिखेर मैले मेरी स्व। आमासँग खाजा खाने पैसा मागेर भए पनि सामाजिक कार्यमा खर्च गरेका ति दिनहरुको सम्झना गरिरहेको छु । म सामाजिक क्षेत्रमा लागेको पनि ३६ बर्ष पुगेछ । मलाई यी दिनहरुमा संघर्ष गरेका कयौं दिन र रातको स्मरण भइरहेको छ । ती दिनहरुमा सहयोग गर्ने सम्पूर्ण साथीभाइहरुलाई सम्झना गर्दछु । र, मेरो योगदानलाई पनि ‘गीता’मा भनिए जसरी ‘कर्म गर फलको आशा नगर’ भने झैं सामाजिक क्षेत्रमा नै कार्य गर्ने प्रतिबद्धता गर्दछु ।

तपाई जिल्ला सहकारी संघ झापाको उपाध्यक्ष पनि हुनुहुन्छ । समग्र जिल्लाको सहकारी गतिविधि र संघको अवस्था कस्तो रहेको छ ?
– झापा जिल्लामा अहिले नौ सयभन्दा बढी सहकारी संस्थाहरुले बार्षिक ३५ अर्बभन्दा बढीको कारोबार गरिरहेका छन् । एक सयभन्दा बढी सहकारीहरु, आ–आफ्नो क्षेत्रमा विशिष्ठ पहिचान बनाएर कार्य गरिरहेका छन् । सहकारी मार्फत गरिबी न्यूनीकरणका लागि लघुवित्त कार्यक्रम, सामुहिक खेती, डिपार्टमेन्टल स्टोर, डेरी उद्योग, कृषि सामग्री बिक्री, सहकारी अस्पताल, चिया, मौरी उद्योग सञ्चालन भएका छन् ।यस जिल्लालाई सहकारीहरुको हबको रुपमा विकास गर्ने, सहकारीहरुको व्यवसायिकता विकास गर्न झापा कोप स्टेण्डर्ड लागू गर्ने, स–साना सहकारीहरुलाई पुँजी व्यवस्थापन, स्थानीय तहमा सहकारी मैत्री ऐन बनाउन सहजीकरण गर्ने, सहकारीहरुमा दक्ष जनशक्ति उत्पादन गर्न प्रशिक्षकहरु उत्पादन गर्ने, प्रदेशस्तरको सहकारी स्रोतकेन्द्र स्थापना गर्ने लगायतका महत्वपूर्ण लक्ष्यहरु लिएर संघ अघि बढिरहेको छ ।

आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको लागि सरकार, निजी क्षेत्र र सहकारीको भूमिका कस्तो हुनुपर्छ ?
– नेपालको संविधानले नै तिन खम्बे अर्थनीतिलाई अंगीकार गरेको परिप्रेक्ष्यमा सरकारले निजी क्षेत्र र सहकारी दुबैलाई सँगै लिएर अघि बढेमा आर्थिक समृद्धि सम्भव छ । सहकारीहरुले पनि कृषि, ऊर्जा र पर्यटनमा योगदान गर्न सक्दछन् ।

सहारा नेपाल (साकोस) को समग्र अवस्था कस्तो छ ?
– सहारा नेपाल (साकोस) हालको अवस्थामा आइपुग्दा एक अर्ब शेयर पूँजी भएको, सात अर्बभन्दा बढीको बासलात र एक लाख ४० हजारभन्दा बढी सदस्य भएको मुलुककै एक सबल र सक्षम संस्थाको रुपमा आएको छ ।

भर्खरै स्थानीय तह ९सरकार०सग साझेदारिता गरी कार्य गर्न सहारा अग्रसर भएको छ, यो अग्रसरता किन ?
– हामीले भर्खरै दशैंअघि मात्र झापाका १५वटै गाउँपालिका र नगरपालिकाका प्रमुखहरुसँगको भेलामा १९ वटा साझेदारिता गर्न सकिने क्षेत्रहरुको बारेमा अवगत गराएका छौं । सोही अवसरमा विपन्नरुको लागि आवास योजना अन्तर्गत दुईसय घर निर्माण गर्ने गरी सम्झौता समेत गरेका छौं । विकास र समृद्धिको लागि स्थानीय सरकार नै मुख्य सरोकारवाला भएकोले सहाराले पनि केही योगदान पु¥याउन साझेदारी गर्न चाहेका हौं ।

सहारा आफै सरकार जस्तो भयो भन्ने सर्वसाधारणको बुझाई छ । यसमा के भन्नुहुन्छ ?
– हामीले खाली बचत र ऋणको कारोबार मात्र गरेनौं । संस्थाको आफ्नो कमाइको ७५ प्रतिशत रकम सदस्य र समुदायको हितको लागि खर्च गर्दछौं । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीका लागि विविध योजना कार्यान्वयन गर्दछौं । सम्पूर्ण सदस्य र समुदायले हाम्रो काम देखेर माया गर्नुहुन्छ । सायद उहाँहरुको लागि हामीले मन छुने राम्रा योजनाहरु ल्याएका छौं । सबैको सदासयता रहेको छ । अनि सहारा नेपाल सबैको भन्ने बुझाई छ । यसले हामीलाई गौरवान्वित पनि तुल्याएको छ ।

केही बर्षदेखि सहाराको लोकप्रियता बढेको देखिन्छ । सर्वसाधारण सहाराको सदस्य बन्न पाउ“दा पनि गर्व गर्छन्, संस्था अहिले ब्राण्ड जस्तै बनेको छ, यसका पछाडिको रहस्य के छ रु
– यस संस्थाले सदस्यहरुलाई दिएको विशिष्ठ सेवा, संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट समुदायप्रति समर्पित गरेका उत्कृष्ट नमूना कार्यहरुले सहकारी सबैको भरोसाको केन्द्रको रुपमा स्थापित भएको छ । हजारौं हजार मानिसहरु शेयर सदस्य बन्न यसले ल्याएका राम्रा नीति, कार्यक्रमहरुले आतुर हुनुहुन्छ ।
हामी सम्पूर्ण महानुभावहरुलाई शेयर सदस्यता लिन पनि आह्वान गर्दछौं । यो संस्थाको नेतृत्व मैले लिएर अघि बढिरहेको भएता पनि यस उचाइमा पु¥याउन सम्पूर्ण सञ्चालक समिति, व्यवस्थापन टिम, शेयर सदस्य, कर्मचारी र समुदायको समेत महत्वपूर्ण योगदान रहेको छ ।

संस्थाको भवन पनि नमूना बनाउनु भएको छ । कहिले सर्नु हुन्छ रु के प्रयोजनको लागि यत्रो भवन बनाउनुभयो रु अनि भवन बनाउन कति खर्च भयो ?
– यो संस्थाको केन्द्रीय कार्यालय हो । यो करिब २४ करोडमा पुस मसान्तभित्रमा सकिन्छ होला । यस भवनमा डकुमेन्ट्री हल, रेष्टुरेन्ट, तालिम हल, मुख्य बैंकिङ कार्यालय र प्राविधिक स्कूल समेत सञ्चालन हुनेछ ।

सहकारीले सदस्य र समुदायको लागि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्छ भन्ने नौलो ट्रेण्ड नै ल्याइदिनुभयो होइन तपाईंले ?
– हजुर, पहिलोपटक सहाराले स्वास्थ्य सेवा निःशुल्क, मर्दा–पर्दाको अवस्थामा राहत लगायत कयांै योजना ल्याएको छ । समुदायलाई पनि सर्पदंश केन्द्र लगायत दर्जनौं कार्यक्रम गरेको छ । पहिला पहिला यस्ता कार्यक्रम गरेर फजुल खर्च ग¥यो भन्नेहरु पनि थिए । तर, अहिले यसको अनुशरण गर्नेहरु धेरै सहकारीहरु भएका छन् । यसले एउटा नौलो टे«न्ड नै स्थापित भएको छ । खुशी लाग्छ ।

तपाई झापा गोल्डकपको अध्यक्ष पनि हुनुुहन्छ, के गर्दै हुनुहुन्छ नि ?
– झापालाई फुटबल खेलको उर्वर क्षेत्रको रुपमा चिनाउन हामी लागीपरेका छौं । अहिले फुटबल खेलको व्यवसायिक विकासको लागि गाउँ÷नपा तथा विभिन्न व्यवसायिक कम्पनीहरुले सहयोग गर्दै आउनुभएको छ । झापा गोल्डकप विधिवत दर्ता भएको छ । करिब ६० लाख रुपैयाँ अक्षयकोषमा राख्दैछौं । १० भन्दा बढी खेलाडीलाई अनुबन्ध गरेका छौं । दुई सय पचास सदस्य रहेका छन् भने आगामी फाल्गुनमा चौथो झापा गोल्डकपको भव्य तयारी समेत गर्दैछौं ।

अनि समर्पण कार्यक्रम कहा पुग्यो नि ?
– समर्पण कार्यक्रमबाट एउटा कर्मयोग भवन निर्माण भइसकेको छ । सो भवनमा काजकिरिया गर्न शुरु भइसकेको छ । अब फर्निचर फर्निसिङ, काजकिरिया गर्दा चाहिने सामग्रीसहित व्यवस्था गर्न अझै २० लाख जति आवश्यक छ । यस बर्षभित्रमा यसको भव्य उद्घाटन गरी शुभारम्भ गरिनेछ ।

सहाराको आगामी साधारणसभामा के–कस्ता योजनाहरु, ल्याउनु हुदैछ ?
– सहाराको स्वास्थ्य योजनालाई २०८० भित्र सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क भने कुरालाई हामी पूर्णता दिन लाग्दैछौं । समाजको लागि दुर्गम क्षेत्रहरुमा एम्बुलेन्स प्रदान गर्ने लगायतका थुप्रै मन छुने कार्यक्रमहरु हामी पस्कदैछौं । तर, सदस्यहरुले पनि आफ्नो कर्तव्य निभाउनुप¥यो । आफूसँग भएको बचत र ऋण कारोबार पनि हामीसँगै गरिदिनुप¥यो भनेर सबैमा मेरो नम्र अनुरोध छ ।
सहकारीले अहिले जुन उचाइ लिएको छ, त्यो सहारा नेपाल स्थापना गर्दा संस्था यो अवस्थामा आइपुग्ला भन्ने सोच्नु भएको थियो ?
– हामीले त्यसबेला सानो केही सपना त देखेका थियौं । तर, यो संस्था यत्रो ठूलो, राष्ट्रिय,अन्तर्राष्ट्रियस्तरमा पहिचान होला भन्ने चाहिँ सोचका थिएनौं । म यस संस्थाको परिकल्पनाकार भए पनि यसलाई मलजल सहयोग गर्ने सम्पूर्ण स्थापनाकालका शेयर सदस्य, सञ्चालक, व्यवस्थापन टिमको महत्वपूर्ण योगदान रहेको छ ।

तपाईंका हरेक भिजन महत्वकांक्षी झै लाग्छन्, के तपाईले अघि सारेका सबै भिजन सफल हुन्छन् ?
– मैले अघि सारेका सम्पूर्ण योजनाहरु महत्वकांक्षी होइन महत्वपूर्ण छन् । म यी योजनाहरु ल्याउनु अघि गहन अध्ययन अनुसन्धान र परीक्षण प्रयोग गरेर सफल भएपछि मात्र अगाडि बढाउँछु । त्यसैले मैले अघि सारेको भिजन सफल भएका होलान् ।

तपाईंले जुन क्षेत्रमा हात हाले पनि सफल हुनुहुन्छ भन्ने छ नि, के भन्नुहुन्छ ?
– यो म प्रति सबैले देखाउनु भएको विश्वास होला । अर्को कुरा म जुनसुकै क्षेत्रमा अगाडि देखिए पनि पछाडिबाट मलाई सपोर्ट गर्ने ठूलो टिम छ । म बाहिर देखिने बाबा रामदेव मात्र हुँ । बालकृष्णहरु अरु थुप्रै छन् मलाई सफल बनाउनमा ।

यी सम्पूर्ण गतिविधि हेर्दा भविष्यमा राजनीतिक क्षेत्रमा हात हाल्ने सोच पो छ कि यहाको ?
– मेरो एकजना साथीको मूल्यांकनमा म एउटा राम्रो प्रशासक हुँ तर ‘मास’ लिडर होइन । राजनीतिक नेता हुन ‘मास लिडर’ को गुण चाहिन्छ । त्यसैले अहिलेसम्म राजनीतिक क्षेत्रमा लाग्ने कुनै सोच बनाएको छैन । तर, सामाजिक नेता चाहिँ सँधै भइरहने इच्छा रहेको छ ।

तपाई सञ्चालक रहनुभएको हाइड्रोपावरको अवस्था के छ ?
– हामीले अहिलेसम्म लम्जुङ र दोलखामा रहेको ५÷५ मेघावाटको हाइड्रोपावर उत्पादन शुरु गरिसकेका छौं भने सोलुको ८६ मेघावाट निर्माण चरणमा रहेको छ । आगामी तीन बर्षभित्र सम्पन्न गर्ने तयारीमा छौं ।

तपाईले अघि बढाउनु भएको सामाजिक व्यवसाय ९सोसियल विजनेश० को अवधारणा के हो ?
– अहिले उद्योग, व्यवसाय एकजना वा एक दुई जनाले सञ्चालन गर्दै आइएको छ । हामीले सारेको अवधारणामा न्यूनतम् ५० जनाले सामुहिक व्यवसाय सञ्चालन गरौं भन्ने हो । कमाइको १०–२० प्रतिशत समाजको लागि खर्च गरौं भने सोचका साथ यो अवधारणा ल्याइएको हो । कतिपय मेरा शुभचिन्तक साथीहरुले मलाई सकारात्मक सुझावहरु पनि दिनुभएको छ । सबैलाई साथ लिएर आर्थिक समृद्धि हासिल गर्ने सोच हो मेरो ।

यति धेरै काम गर्दा व्यक्तिगत दुश्मनी पनि त धेरै कमाउनु भएको होला ?
– समग्रमा भन्नुपर्दा अहिलेसम्म गरेका हरेक कार्यहरुमा सबैको साथ सहयोग र समर्थन पाएको छु । मेरो कोहीसँग नराम्रो छैन । अझ राजनीतिक दल, पत्रकार, शुभचिन्तक सबैले अघि बढ्न हौसला प्रदान गरिरहनुभएको छ ।

तपाईसहितको टिमको सोच र सहाराको सफलताको पछाडि खास रहस्यमय कारण के होला ?
– स्पष्ट दुरदृष्टि, व्यावसायिक व्यवस्थापन, गुणस्तरीय सेवा र राम्रो नेतृत्व नै सफलताको कारण होला ।

झापामा नेपथ्य व्याण्ड ल्याउनुहु“दैछ, किन र के प्रयोजनको लागि हो ?
– हामी सहारा नेपाल, क्षेत्रीय ट्राफिक कार्यालय र अन्य १० भन्दा बढी संघ–संस्थाहरुको सहभागितामा सडक दुर्घटना न्यूनीकरण महाअभियान चेतनामुलक कार्यदेखि ट्राफिक लाइट जडान योजनाका साथ आगामी मंसीर ४ गते युवाहरुलाई मध्यनजर गरेर ५० हजार युवामार्फत सन्देश पु¥याउने सोचका साथ अभियानको शुभारम्भ नेपथ्य व्याण्डको सांगीतिक प्रस्तुतिमार्फत गर्न लागेका हौं ।

तपाईको आगामी योजनाहरु के रहेको छ ?
– सम्पूर्ण सहकारीकर्मी मित्रहरुको साथ सहयोग प्राप्त भएमा राष्ट्रिय सहकारी बंैकको सञ्चालक बन्ने योजना रहेको छ । त्यस्तै अनुकूल रहेमा नोबेल शान्ति पुरस्कार विजेता पो। मोहम्मद युनुसलाई ल्याएर सहाराको भवन उद्घाटन गराउने सोच रहेको छ ।

अन्त्यमा केही कुरा भन्नु छ कि ?
– म विदेश जाने युवालाई विदेश गए पनि केही समयपछि त्यहाँ सिकेको सिप र पूँजी आफ्नै नेपालमा लगाऔं, समृद्ध नेपाल बनाउन हामी सबै लागौं भन्न चाहन्छु ।

प्रस्तुतिः सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल
तस्वीरः बिनोद पाण्डे ‘कमल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर