Aamsanchar

युएई सरकारद्वारा अवैधानिक अप्रवासी कामदारको आममाफीका समय एक महिना थप

Author Image
बुधवार, कार्तिक १४, २०७५

सुर्य खवास, युएई ।

सरकारले अबैधानिक रुपमा बसेका विदेशी कामदारहरुलाई स्वदेश फर्कन दिएको ९० दिने आममाफीको समय एक महिना थप गरेको छ ।

गत अगस्ट १ बाट शुरु भएको आममाफी अक्टोबर ३१ बाट सकिदै छ । तर केही देशका दूतावास र कन्सोलरहरुले आममाफीमा सहभागीहरुको आवश्यक कागजातहरू जारी गर्न वा प्रकृया गर्न समय मागेकाले सोहि अनुसार समय थप गरिएको स्थानीय सन्चार माध्यमहरुले समाचारमा उल्लेख गरेका छन ।

थप गरिएको एक महिनाको अवधी अर्थात डिसेम्बर १ तारिखसम्म यो सुविधा लिन सकिने र उक्त आममाफीको समय अवधिपछि अबैध कामदार भेटिए कडा कारबाही गरिने युएई सरकारले जनाएको छ ।

आममाफिको समयावधिमा आवश्यक प्रकृया पुरागरी बैध भएकाहरुले इच्छाएको अवस्थामा युएईमै कामदार भिसामा रहन सक्नेछन् । उनीहरुका लागि ६ महिनाको अस्थायी भिसा दिइने र सो अवधिमा रोजगार खोजेर कामदार भिसा लगाउनु पर्नेछ ।

भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएकाहरुले आममाफिमा सहभागी भै आफ्नो देश फर्कन पाउने छ्न । तर गम्भीर प्रकृतिको मुद्दा लागेका तथा मुद्दाको फैसला नभएका आप्रवासी भने फर्किन पाउने छैनन् ।

आममाफिमा सहभागी हुने नेपालीहरुको लागि अबुधाबिमा रहेको नेपाली दूताबासले ट्राभल डकुमेन्ट उपलब्ध गराउदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर