Aamsanchar

चीन र पाकिस्तानका प्रधानमन्त्री बीच भेटवार्ता

Author Image
शनिवार, कार्तिक १७, २०७५

चीन ,

चीन भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार चीनका समकक्षीसँग भेटवार्ता गर्नुभएको छ । उहाँहरु बीच विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको मानिने चीनले पाकिस्तानलाई गर्ने लगानी र सहयोगमा केन्द्रीत रहेर छलफल भएको अधिकारीले बताएका छन् ।

चीन भ्रमणमा जानुअघि पाकिस्तानी प्रधानमन्त्री खानले साउदी अरबको भ्रमण गरेर ठूलो आर्थिक सहयोगको सम्झौता गर्नुभएको थियो ।पाकिस्तानका लागि चीन पनि पहिलेदेखि नै मुख्य सहयोगी राष्ट्र हो । पाकिस्तानमा चीनको ठूलो लगानी छ । दुई देशले चीन–पाकिस्तान आर्थिक करिडोर बनाउँदै छन् भने ‘बेल्ट एण्ड रोड इनिसियटिभ (विआरआई)’लगायतका ठूला परियोजनामा पनि चीन र पाकिस्तानले सहकार्य गरेका छन् ।

बेइजिङ्मा भएको दुई शिर्ष नेताको भेटवार्ताका क्रममा दुई देशबीच उर्जा र यातायात सेवा विस्तार गर्ने बारेमा छलफल भएको थियो ।भेटवार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ प्रधानमन्त्री लि खस्याङलाई पाकिस्तान भ्रमणको निमन्त्रणासमेत दिनुभएको छ ।“चीनको लगानी आकर्षित गरेर नै हामीले देशको विकास गर्न सक्दछौँ, त्यो हाम्रो लागि राम्रो अवसर हुनेछ,” इमरानले भन्नुभयो ।

उहाँले थप्नुभयो, “चीनको सहयोगले मात्रै हामी संमृद्धितर्फ जान सक्दछौँ भने हाम्रो जीवनस्तर र वृद्धिदर पनि बढाउन सक्दछौँ ।”सो अवसरमा चिनियाँ प्रधानमन्त्री लिले पनि दुई देशको सम्वन्ध सकारात्मक रहेको बताउँदै सदाबहार साझेदार भएको टिप्पणी गर्नुभयो ।

उहाँले पाकिस्तान सधै चीनको प्राथमिकतामा रहेको पनि स्मरण गर्नुभयो ।प्रधानमन्त्री खानले चिनियाँ राष्ट्रपति सि जिङपिङलाई भने गत शनिबार नै भेट्नु भएको छ । मुलुकको आर्थिक अवस्था नाजिक भएका बेला देशको नेतृत्व सम्हाल्नु भएका पूर्वविश्व क्रिकेट खेलाडी खानले चिनियाँ राष्ट्रपति सिसँग पनि आर्थिक सहयोगकै बारेमा कुराकानी गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर