Aamsanchar

वाचिमुका पवन

Author Image
सोमवार, मंसिर ३, २०७५

 

(केशव भट्टराई )

२०२४ साल पौष ४ गते झापाको घैलाडुब्बा स्थित मंत्रीबारीमा पिता स्वर्गीय कूलदिप र माता जलेश्वरी देवीका सुपुत्रका रुपमा जन्मनुभएका पवन कुमार राजवंशी राजवंशी पवनका नामले सुपरिचित हुनुहुन्छ ।
आफ्नै गाँउमा रहेको आदर्श उच्च मा.वि. बिद्या मन्दिरबाट माध्यमिक तह सम्मको अध्ययन पुरा गर्नुभएका राजवंशीले राजधानीको ललितकला क्याम्पसबाट उच्च शिक्षा प्राप्त गर्नुभएको छ ।
सानैदेखी चित्रकारीतामा रुची राख्ने राजवंशी पवन झापालीहरु माझ मात्र नभै राष्ट्रिय स्तरमा एक जना प्रतिभाशाली कलाकार हुनुहुन्छ ।

अन्तरमुखी स्वभावका चित्रकार एवं पत्रकार राजवंशी लामो समयसम्म काठमान्डौ र झापाबाट प्रकाशित हुने पत्रपत्रिकामा आवद्य रहनुभयो ।२०५१ सालबाट ब्यङग्य चित्रकारका रुपमा क्रियाशिल राजवंशी पवनले जागरण , बिचन लगायतका राजवंशी भाषाका पत्रपत्रिका पनि कुशलतापुर्वक सम्पादन गरिसक्नुभएको छ ।त्यसबीचमा ब्यङग््यचित्र संग्रह प्रकाशित गरी समसामयिक राजनितिक आर्थिक एवं सामाजिक क्षेत्रभित्रका विकृति र विसङगति प्रति तिखो ब्यङग््य प्रहार गर्न पनि सफल हुनुभएको छ ।बरिष्ठ साहित्यकार रमेश विकलका कथाहरुमा आधारित एतिहासिक चित्रकथाहरु तयार गरीसक्नुभएका राजवंशी पवनले पूर्वीय दर्शनको महत्वपुर्ण धार्मिक ग्रन्थ श्रीमदभागवत गिताको राजवंशी भाषामा अनुवाद गरी उच्चस्तरीय चर्चा र प्रशंशा समेत बटुलि सक्नु भएको छ ।

सबैसंग नरम र भद्र व्याहार गर्न रुचाउने राजवंशी पवन बास्तुकला, चित्रकला, मुर्तिकला अर्थात वाचिमु प्रतिष्ठान को नेतृत्वमा रहेर झापामा क्रियाशिल हुनुहुन्छ ।त्यसबाहेक गीत, कविता र गायनमा पनि आफ्नो प्रतिभा देखाउन तत्पर रहनुहुन्छ राजवंशी पवन । मेची अंचलकै पहिलो बिधुतिय संचारमाध्यम कञ्चनजङघा एफएममा स्थानिय भाषाको समाचार सम्पादकको भुमिका निर्वाह गरिसक्नुभएका संचारकर्मी पवन राजवंशी नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य समेत हुनुहुन्छ ।

आफ्नो व्यवसाय र पेशाप्रति सधै इमान्दार राजवंशी पवनलाई कार्य क्षमता र कुशलताको कदर गर्दै बिभिन्न संघ सस्थाले सम्मान र पुरस्कार समेत प्रदान गरेका छन ।द्रोणाचार्य शेर बहादुर झापा ज्योति पुरस्कार, साहित्य चौतारीको उत्कृष्ट प्रतिभा घनश्याम स्मृति पुरस्कार, महानन्द पुरस्कार लगायत बिभिन्न सम्मानद्धारा सम्मानित राजवंशी पवन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको गरिमामय सभा सदस्य समेत भईसक्नु भएको छ । वृद्धमाता, श्रीमती र चार सन्तानमा जिम्मेवार अभिभावक प्राज्ञ पवनकुमार राजवंशी विभिन्न आरोह अवरोहहरुमा रत्तिभर बिचलित नभई आफ्नो कार्यक्षेत्रमा निरन्तर खटिइरहने एउटा व्यक्तित्व हुनुहुन्छ ।झापाकै गहनाको रुपमा रहेका राजवशी पवनको आगामी दिनहरु अझै सिर्जनशील वन्न सकोश हार्दिक शुभेक्षा ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 454

प्रतिक्रिया (०)

सम्बन्धित खबर