Aamsanchar

हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार

Author Image
शुक्रवार, पौष २०, २०७५

सोलुखुम्बु, 

सोताङ गाउँपालिबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिका वडा नं ३ की डोमा राईको आज हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

लामो समयदेखि प्र्रसव बेथा लागेकी राईलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगेको छ । डोमाले शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरी छोरालाई जन्म दिनुभएको छिमेकी एवं युवा सङ्घ नेपालका केन्द्रीय सदस्य भद्रगोल किराँतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गर्भवती महिलालाई बिहान ११ बजे उद्धार गरिएको हो । दुई दिनसम्म प्रसव बेथा लगेर प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डाक्टरले सुत्केरी गराउन गरिएको प्रयास सफल नभएपछि पठाइएको बताइएको छ ।

गत मङ्सिर २० गते सोताङ गाउँपालिका तीनकै गर्भवती महिला पार्वती बस्नेतकोसमेत उद्धार गरिएको थियो । घरआँगन नामक संस्थाका अध्यक्ष दीपक सिलवालका अनुसार विभिन्न जिल्लाका सात जना गर्भवती महिलालाई उद्धार गरिसकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)