Aamsanchar

विष्णुले कन्याम पुग्दा हात चलाएपछि…

Author Image
शनिवार, पौष २१, २०७५

बिर्तामोड।

पेटमा बच्चा भएको अबस्थामा शव जलाउनु हुँदैन भनेको सुनेका थियौं, त्यही भएर बुहारीको पेटमा भएको बच्चा निकाल्न झापाको एक अस्पताललाई आग्रह ग¥यौं– ताप्लेजुङ्ग श्रीजंगा गाउँपालिका–५ पेदाङ निवासी सोम गौतमले भने – ‘अस्पतालले कानूनी झञ्झट देखाउँदै बुहारीको पेटको बच्चा ननिकालेपछि शवलाई तन्नामा पोको पारेर घर फर्कियौं ।’

‘घटना पुस ५ को हो’– उनले भने– ‘बुहारी बिष्णु गौतमलाई पुस १ गते खपिनसक्नुगरी ज्वरो आयो, गाउँमा ज्वरो आउँदा मह ख्वाउने चलन छ । महले ज्वरो जाति नभएपछि पाँचथर जिल्ला अस्पताल हुँदै झापा, धरान र बिराटनगरमा रहेका अस्पतालसम्म उपचारका लागि पु¥यायौं तर, बुहारी जाती भइनन् बरु उल्टै उनलाई तन्नामा पोको पारेर ५ गते घर नै फर्काउनु प¥यो ।’

बुहारीलाई उपचारका लागि पाँचथर ल्याउँदा उनको पेटमा भएको ९ महिनाको बच्चा मरिसकेको हामीलाई १ गते नै डाक्टरले भनेका थिए– गौतमले भने– ‘पाँचथर अस्पतालमा उनको उपचार सम्भव नभएपछि डाक्टरकै सल्लाहमा बुहारीलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याइएको थियो ।’ अस्पतालले केही समय राखेर धरान रेफर ग¥यो– गौतमले भने– धरानमा आइसीयू (सघन उपचार कक्ष) खाली नभएपछि बिराटनगर पठायो ।’

बिराटनगरमा रहेको नोवेल मेडिकल कलेजमा बुहारीको उपचार शुरु भए पनि चार दिनसम्म राख्दा ठीक नभएपछि मृत शरीर बोकेर घर फर्कदै थियौं– उनले थपे– ‘पुस ५ गते पुनः बिर्तामोडमा रहेको मनमोहन अस्पताललाई बुहारीको पेटमा भएको बच्चा निकाली दिन आग्रह ग¥यौं तर, मृत शरीर चिर्न आफूहरुलाई अधिकार नभएको भन्दै पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल लान डाक्टरले सल्लाह दिए ।’

डाक्टरकै सल्लाह भए पनि बिहानका राति भएकाले बुहारीलाई भद्रपुर पनि लान सकिएन– गौतमले भने–‘किनकि त्यहाँ लाने बित्तिकै पोष्टमार्टम हुँदैन भनेका थिए डाक्टरहरुले ।’ सास रहुञ्जेल न हुँदो रहेछ आस, बुहारीको सास नै नभएपछि उनलाई तन्नामा पोको पारेर घर फर्काउँदै थियौं, उनले कन्याम पु¥याएपछि हात चलाइन्– गौतमले भने– ‘त्यत्तिबेला त हामी आत्तियांै पनि ।’

पाँचथर पु¥याएपछि मामा किरण चौहानको सहयोगमा बुहारीलाई पाँचथर अस्पतालमा राखियो । त्यहाँ बुहारीलाई डव्लूपीसी अर्थात् सेतो रगत चढाएपछि बुहारीको क्रमशः स्वास्थ्यमा सुधार आयो र मामाको सल्लाहमा बिर्तामोडस्थित वीएण्डसी अस्पताल ल्याइयो, यहाँ बुहारीले नयाँ जीवन पाएकी छिन्– गौतमले भने ।

हामीले छोरीलाई माया मारेका थियौं, काजकिरियाका लागि प्रक्रिया थालेका थियांै– विष्णुकी आमा फूलमाया दाहालले भनिन्– छोरी वीएण्डसीले बचाउँदा सपना जस्तै लगेको छ । पेटमै बच्चा मरेको ९ दिनपछि अस्पताल भर्ना गरिएकी बिष्णुले नयाँ जीवन पाएको भन्दै उपचारमा संलग्न डाक्टर र अस्पताललाई उनले धन्यवाद दिइन् ।

पेटमै बच्चा मरेको ८ दिनपछि विरामीलाई अस्पताल ल्याएको थियो बिर्तामोडस्थित विएण्डसी अस्पतालकी डा. स्मृतिमुल जोशीले भनिन्– अस्पतालमा अत्यन्त नाजुक अवस्थामा बिरामी भर्ना गरिएको थियो । उनी बाँच्ने अवस्थै थिएन तर उनी हाम्रो अथक प्रयास र अस्पतालमा भएको उपकरणले बाँचिन् । अस्पताल ल्याए लगत्तै डाक्टर जोशीसँगै डाक्टर प्रियङ्का कटुवाल, डाक्टर निरज केएल र डा. राजु श्रेष्ष्ठ लगायतको टोलीले उपचार गरेको थियो ।

पेटभित्र रहेको बच्चाको मृत्यु भएको ९ दिनसम्ममा कुहिसकेको अवस्थामा अस्पलाल ल्याइएकी विष्णुले अहिले नयाँ जीवन पाएकी छिन्– डा. जोशी भन्छिन्– रगतको अभाव, छातीमा इन्फेक्सन, मृगौलाले काम नगरेको, सम्पूर्ण शरीर सिथिल भएको अवस्थामा परिवारको हिम्मत र बीएण्डसी हस्पिटलमा रहेको डाक्टरको दक्ष टिमका कारण विष्णुलाई बचाउन सफल भएका हौं ।

डाक्टर यसो भन्छन्

सबैको साथ पाएकाले विष्णुले पुनर्जीवन पाउन सफल भएको डाक्टर केएलले बताए । यस्तो अवस्थामा बेलैमा बीएण्डसी हस्पिटल ल्याएको भए आमालाई तत्काल नै उपचार गर्न सकिने थियो, धेरै तिर घुमाउँदा–घुमाउँदा अन्तिम अवस्थामा यहाँ ल्याउदाँ पनि सबै टिम दक्ष भएकाले मात्रै बचाउन सकिएको डाक्टर केएलको भनाइ छ ।

बिरामीलाई अत्यन्त महंगो औषधि चलाउनु परेको उनले बताए । काठमाडौं तथा भारतबाट औषधि खरिद गरिएको भन्दै उनले भने– यस्तो बिरामी दशौं हजारमा एक जनामा हुने गर्छ, बेलैमा उपचार नगरे मृत्यु पनि हुनसक्छ ।

अन्तिम अवस्थामा पुगेकी आफ्नी बुहारी ठीक भएको भन्दै ससुरा देवीप्रसाद गौतमले डाक्टरहरुलाई धन्यवाद दिएका छन् । विष्णुको उपचारमा मामा किरण चौहानले ठूलो सहयोग गरेको विष्णुका श्रीमान प्रकाश गौतम सम्झन्छन् । लाश भनेर फिदिम पु¥याए पनि हात चलेकाले पुनः बीएण्डसी अस्पतालमा अन्तिमपटक लैजान सहयोग गरेको तथा ५० हजारबढी नगद संकलन गरेर आफ्नी श्रीमतीको उपचारमा चौहानले सहयोग गरेको प्रकाशको भनाइ छ ।

यता अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार जटिल रोगका बिरामी मात्र बीएण्डसीमा आउने गरेकाले उपचारमा महंगा औषधिको प्रयोग हुने गरेको कुरालाई केही व्यक्तिले प्रचार गरेर महंगो अस्पताल भने पनि त्यस्तो नभएको बताए ।

उनले बीएण्डसी हस्पिटलमा नै उपचार सम्भव हुने बिरामीलाई अन्य टाढाको अस्पतालमा रेफर नगर्न पनि बिर्तामोडका अस्पतालहरुलाई आग्रह गरेका छन् । दक्ष जनशक्ति र उच्च स्तरीय प्रविधिको प्रयोग गरेर बीएण्डसी टिचिङ्ग हस्पिटलमा बिरामीको उपचार हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)