Aamsanchar

बाल्मीकिका बिद्यार्थीले देखाए प्रतिभा

Author Image
बिहिवार, माघ १०, २०७५

बिर्तामोड।

झापामा शैक्षिक क्षेत्रमा बेग्लै पहिचान बनाएको छ, बाल्मीकि एजुकेशन फाउण्डेशनले । नित्य निरन्तर नवीनताको खोजी गर्ने शिक्षासेवी गोपालकुमार बस्नेतको परिचय पनि त्यही शिक्षण संस्थाभित्र भेटिन्छ ।

वैदिक सनातन धर्मका महर्षि बाल्मीकिको जस्तै जीवनलाई सार्थक बनाउन सकियोस्, सबै रत्नाकार बाल्मीकि बनिउन् सायद त्यही अपेक्षाले नाम जुराइएको थियो बाल्मीकि ।

दैनिकको पाठ्यपुस्तक, लेखन अभ्यास, परीक्षा, परिणामभन्दा बेग्लै हरेक व्यक्तिमा लुकेको प्रतिभालाई पहिचान गर्दै अवसर र वातावरण मिलाइदिन बाल्मीकिले विशेष भूमिका निर्वाह गरेको छ । त्यसकै परिणाम हो कि स्थापनाको छोटो समयमा बाल्मीकिले विविध संकायमा स्नातक तहसम्मका कक्षा पनि सञ्चालन गरिरहेको छ । त्यही प्रयोग, अवसर र वातावरण प्रदान गर्ने क्रममा कहिले उत्कृष्ट विज्ञान प्रदर्शनी त कहिले सांस्कृतिक कार्यक्रमको आयोजना गरेर नव प्रतिभाहरुलाई प्रकटीकरण गराइरहेको छ यसले ।

बुधबार उक्त फाउण्डेशन परिसरमा नवनिर्मित सभा हलमा बाल्मीकि जुनियर कल्चरल सेलेब्रेशन–२०७५ नामको कार्यक्रम आयोजना गरिएको थियो । संस्थापक गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स–साना नानीहरुले उत्कृष्ट प्रस्तुति दिए । उनीहरुलाई हौसला प्रदान गर्न सहभागी थिए बिर्तामोड नगरपालिकाका शिक्षा विभाग प्रमुख युवराज पाण्डे । झण्डै तीन घण्टासम्म चलेको कार्यक्रममा अभिभावकहरुले चाखपूर्ण सहभागिता जनाएर बालबालिकालाई उत्साह थपेका थिए ।


नगरका शिक्षा प्रमुख पाण्डेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बाल कलाकारहरुले गीत, नृत्य, नाटक र खेल समेत प्रदर्शन गर्न भ्याए । उनीहरुको प्रतिभा देखेर प्रमुख अतिथि पाण्डेले भने– ‘पुस्तक पढ्नु मात्र पढ्नु होइन, अतिरिक्त क्रियाकलापका माध्यमबाट पनि पहिचान र प्रतिष्ठा आर्जन गर्न सकिन्छ । बाल्मीकिले पनि त्यही गरिरहेको छ र स्वयम् धार्मिक संस्था सरह बनिएको छ । भाषा, संस्कृति विकासको सूचक हो भन्दै प्रमुख अतिथि पाण्डेले यसलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

प्रतिभाको पहिचान गर्ने बाल्मीकिको प्रयास स्वरोजगार बन्न, विदेश पलायन रोक्न र प्रविधियुक्त हुन सकोस् भन्दै उनले यसका लागि अभिभावकहरुको समेत सहयोग आवश्यक हुने बताए ।

कार्यक्रमका अध्यक्ष र प्रमुख अतिथिले सामुहिक रुपमा दीप प्रज्ज्वलन गरी शुभारम्भ भएको कार्यक्रममा विद्यार्थी प्रशन्न निरौला र प्रिन्सिपल विष्णु सिंघलले स्वागत गरेका थिए । स्वागत नृत्य, सरस्वती बन्दना लगायतका कार्यक्रमसहित भएको समारोहको सञ्चालन शिक्षक लोकराज अधिकारीले गरेका थिए भने सांस्कृतिक कार्यक्रम बालबालिकाले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर