Aamsanchar

सुरुंगा जेसीजको अध्यक्षमा कमल, उत्कृष्ट नागरिक बने कोमल (फोटो फिचर सहित)

Author Image
मङ्गलवार, माघ १५, २०७५

(विनोद पाण्डे कमल)
चारपाने,माघ १५ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेलले जेसीज युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि वर्ष २०१९ मा विशेष योजनाका साथ कार्यक्रमहरु ल्याउने बताएका छन ।

सुरुड्डा जेसीजको १० औ पदस्थापना तथा उत्कृष्ट नागरिक सम्मान समारोहलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष पौडेलले जेसीज अभियानमा विभिन्न योजनाहरु ल्याएर नेपाल जेसीजमा त्यसको प्रपोजल पठाएमा भावनात्मक मात्र होइन आर्थिक रुपमा शाखालाई सहयोग गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष पौडेलले सुरुड्डा जेसीजलाई सामाजिक र पर्यटकीय क्षेत्रमा काम गरेर नेपाल जेसीजलाई थप उचाइमा लैजान आग्रह गरे ।

यसैगरी कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल, प्रदेश सांसद हिराकुमार थापा, नेपाल जेसीज निरुपित राष्ट्रि कार्यकारिणी उपाध्यक्ष रविन पोखरेल, राष्ट्रिय सहकारी बैक केन्द्रिय लेखा संयोजक लक्ष्मीप्रसाद उप्रेती, नेपाली काग्रेसका नेता देउमान थेवे, लगायतका वक्ताले कनकाई नगरको समग्र विकासमा सुरुड्डा जेसीज सधै अग्रसर भएर लागेको बताएका थिए ।

 

समारोहमा सुरुड्डा जेसीजले स्थापना गरेको वर्ष उत्कृष्ट नागरिक छनौट तथा सम्मान कार्यक्रम अन्तरगत यस बर्ष शिक्षा तथा साहित्य क्षेत्रका श्रष्टा कोमलप्रसाद पोखरेललाई बर्ष उत्कृष्ट नागरिक सम्मान गरिएको थियो । पोखरेललाई सम्मान–पत्र, दोसल्ला र विभिन्न उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा सुरुड्डा जेसीज सन् २०१८ का अध्यक्ष भिमप्रसाद भट्टराईको गलाको जेसीज चेन सन् २०१९ का अध्यक्ष कमल कट्टेलको गलामा संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरिया, पूर्वअध्यक्षहरु कुमारमणी पोखरेल, शिवकुमार कडेल, मोतिखर ओझा, बर्ष २०१८ का निवर्तमान अध्यक्ष जविन तिम्सिना लगायतले पहिर्याएर पदहस्तान्तरण गरिएको थियो ।

बाकी फोटोहरु पनि हेर्नुहोस् ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर