Aamsanchar

‘म बाँच्न चाहन्छु’ बचाईदिनुहोस्

Author Image
सोमवार, माघ २१, २०७५

शान्तिनगर ।

पाँचथर घर भई हाल काठमाण्डौमा बस्दै आएका देवेन्द्र तुम्रोक (लिम्बू) र सन्जिताको दुई सन्तानमध्ये कान्छो ६ बर्षिय छोरा नोगेन तुम्रोक लिम्बू) बोन क्यान्सरबाट पीडित छन् ।

सात महिना अगाडीबाट बोन क्यान्सरबाट पीडित नोगेनको उपचारमा आर्थिक अभाव भएको छ । उनलाई हाल बालकान्ती अस्पताल महाराजगञ्च चक्रपथ काठमाण्डौ उपचारका लागि राखिएको छ । उनको उचपारका लागि २५ लाख रुपैयाँ खर्च लाग्ने भएपछि परिवार थप पीडित बनेका छन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएको र थप उपचारका लागि रकम अभाव भएपछि नोगेन बचाउँ अभियान सञ्चालन गरिएको छ । तुम्रोक बन्धुले पनि देशविदेशवाट उनको उपचारका लागि आर्थिक सहयोग गरिरहेका छन् ।

झापा र इलाममा पनि यो अभियान सञ्चालन गरिएको छ । झापा र इलाममा रहेका तुम्रोक बन्धुहरुले संकलन गरेको रकम केही दिन अघि नगद ४५ हजार रुपैयाँ नोगेनको परिवारलाई हस्तान्तरण गरिएको झापा सम्योजक शुकराज तुम्रोक(लिम्बू) ले बताए ।

सानो उमेरमा बोनम्यारोबाट ग्रसित नोगेनले अस्पतालको बेडबाट सहयोगको याचना गरे । उनले भने, ‘बाँचेर ठूलो मान्छे हुनुछ, स्कुल जान नपाएको पनि कति भयो, साथीहरुसँगै स्कुल जाने बनाईदिनुहोस न !’ आर्थिक अवस्था कमजोर नोगेनको परिवारले उनलाई बचाउन हरप्रयास गरिरहेका छन् ।

बुबा देवेन्द्र र सञ्जिताले छोराको उपचारका लागि आफ्नो भएभरको जायजेथा बेचेका छन् । सवै जायजेथा बेचेपनि नोगेनको उपचार गर्न खर्च नपुगेपछि सहयोगको गुहार मागेका हुन् । उनीहरुले छोरालाई बचाई दिन अपिल समेत गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर