Aamsanchar

शिविरमा २४० जनाले सेवा लिए

Author Image
मङ्गलवार, माघ २२, २०७५

अर्जुनधारा।

महिला वडा उपभोक्ता समिति र दोभान युवा क्लब अर्जुनधारा–४को आयोजना र बिर्तामोडस्थित बि एण्ड सी हस्पिटलको प्राविद्यिक सहयोगमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

चालु आर्थिक वर्षमा लक्षित समुदायका लागि वडाको बजेटबाट विनियोजित एक लाख रुपैयाँको आर्थिक सहयोगमा आयोजना गरिएको उक्त शिविरमा भीआईए परीक्षण, भिडियो एक्स–रे, सुगर जाँच र निःशुल्क औषधी वितरण गरिएको समितिकी कोषाध्यक्ष कोशी राईले जानकारी दिइन् ।

हस्पिटलका व्यवस्थापक लक्ष्मीप्रसाद पौड्यालका अनुसार शिविरमा स्त्री रोग विशेषज्ञ डा.स्मृती मूलजोशी, रेडियोलिजष्ट डा.मुकेश शाह र फिजिसियन डा.मनिष ठाकुरले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

दुई सय ४० जना सेवा लिएको शिविरमा एक सय ४० जनाले भिडियो एक्स–रे सेवा लिएको बताइएको छ । त्यसमध्ये २ जना पाठेघर खस्ने समस्या भएको बिरामी भेटीएको हो । समितिकी अध्यक्ष गीता खनालको अध्यक्षता र वडाध्यक्ष दुर्गाप्रसाद दाहालको प्रमुख आतिथ्यमा आयोजित शिविर उद्घाटन कार्यक्रममा स्वागत सदस्य सरस्वती लम्सालले गरेकी थिइन् ।

सरस्वती सिटौला गोले, तुलसीप्रसाद खतिवडा, विदुर भट्टराईलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव हूमा पोखरेलले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर