Aamsanchar

जनप्रतिनिधीले पढनै पर्ने समृद्धि किताब विमोचन

Author Image
बुधवार, माघ २३, २०७५

चारपाने, माघ २३ । विभिन्न संस्था तथा व्यक्तिले विभिद विषयमा गरिएको अध्ययन अनुसन्दान विगत, वर्तमान र भविस्यलाई चित्रण गरेर हजारौं कितावहरु छपाईएका छन, र पढेर लाखौंमा सकारात्मक परिवर्तन ल्याएको हुन्छ कितावले त्यसैगरि झापामा मंगलबार एक कितावको विमोचन भएको छ ।
पत्रकारद्वय तीर्थ सिग्देल र सन्तोष आचार्यले संकलन, लेखन तथा सम्पादन गरेको समृद्धि किताब स्थानिय सरकार र नागरिककोलागि एक मार्गनिर्देश बन्न सक्ने हिजो झापाको विकास बहसमा वक्ताहरुले बताए ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विमोचन गरेको समृद्धि किताबमा झापाका केही स्थानीय तहले आर्थिक वर्ष २०७४ र ०७५ र २०७५ र ०७६ का लागि विनियोजन गरेका बजेट, नीति तथा कार्यक्रमहरु समेटिएका छन् । विमोचित पुस्तकमा संग्रहित विषयहरु बारे नेपालका पूर्व मुख्यसचिव तथा क्यानडाका लागि नेपालका पूर्व राजदूत डा. भोजराज घिमिरेले सटिक विश्लेषणसहितको समीक्षा गरेका थिए । उनले समृद्धि किताबमा आधारित रहेर भन्नुपर्दा झापाका कुनै पनि पालिकाले दुई आर्थिक वर्षमा दीर्घकालीन उद्देश्य राखेर बजेट विनियोजन भएको आफूले नपाएको बताए ।

स्थायी घर झापाको मेचीनगरमा भएका र हाल वेलायतका काउन्सीलर धनकिरण गुरुङले समृद्धि किताव एवम् वेलायतमा विकासको अवस्थाका बारेमा चर्चा गरे । जनप्रतिनिधिहरु स्वयम्सेवीभावले अग्रसर भएमा विकासले गति लिने अनुभव सुनाउ“दै गुरुङले झापाका स्थानीय तहमा जनप्रतिनिधिहरुले तलब लिएको पाउ“दा अचम्म लागेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर