Aamsanchar

सोहनको उपचारमा आर्थिक अभाव

Author Image
बिहिवार, माघ २४, २०७५

शान्तिनगर,

झापा बुद्धशान्ति–४ चतुरे वरका एक बालक घाँटीको क्यान्सरबाट पीडित बनेका छन् । स्थानीय कृष्ण चेम्जोङको ९ बर्षीय छोरा सोहन लिम्बू गत ३ महिनादेखि उक्त प्राण–घातक रोगबाट ग्रसित बनेका छन् ।

सामान्य तवरले घाँटीको देब्रे पट्टि सानो गीर्खा देखा परेको सोहनलाई पछि प्राण–घातक क्यान्सर लाग्ला भन्ने परिवारले कल्पना समेत गरेको थिएन । तर जव मनमोहन अस्पतालमा उनको चेकजाँच गरियो डाक्टरले क्यान्सरको संकेत गरे । र, थप उपचारका लागि भरतपुर कि काठमाण्डौ लैजान सुझाव दिए ।

डाक्टरको सुझाव अनुसार परिवारले सोहनलाई भरतपुर क्यान्सर अस्पताल पु¥यायो । त्यहाँ उनको नाकमा क्यान्सर भएको र घाँटीमा असर देखा परेको पत्तो लगायो । उनको अहिले घाँटीको दुवै पट्टि लामो–लामो रेसा जस्तो घाँउ बनेको छ । डाक्टरले नाकवाट घाँटीमा समेत क्यान्सर भएको पुष्टि गरेपछि सामान्य परिवारका चेम्जोङलाई अहिले सोहनको उपचार गर्न आर्थिक संकट परेको छ ।

बैदेशिक रोजगारको क्रममा साउदी अरवमा रहेका कृष्ण दुई बर्ष नपुगि छोरा विरामी भएको खवर सुनेर घर फर्किएका छन् । हालसम्म २ लाख रुपैयाँ बढी खर्च भएको छ । उनको हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतले सोहनको क्यान्सर अप्रेसन गर्न करिव १५ लाख रुपैयाँ खर्च लाग्ने भएकाले कृष्णले उक्त रकम जुटाउन सकेका छैनन् ।

‘जायजेथा बेचेर छोराको उपचार गरौँ, केहि छैन, साथीभाइ, छरछिमेकको सहयोगको अपेक्षा बाहेक अर्को विकल्प छैन–कृष्णले भने ।’ आर्थिक अभावका कारण छोराको समयमै सल्यक्रिया गर्न सकेका छैनन् । उनले छोराको उपचारका लागि सहयोग गरिदिन अपिल समेत गरेका छन् ।

स्थानीय सामाजिक ब्यक्तित्व दिपेश थेवेको सम्योजकत्वमा १९ सदस्सीय ‘सोहन बचाउ अभियान’ सञ्चालन गरिएको छ । जुन अभियानले अहिले काम शुरु गरिसकेको छ । सो समितिले रकम संकलनका लागि घरदैलो कार्यक्रम, विभिन्न संघ–संस्थासंग सहयोगका लागि आग्रह गर्ने बताइएको छ । श्रीमावि बर्नेमा कक्षा–४ मा अध्ययरत् सोहन मेहनती र जेहेन्दार विद्यार्थी रहेको विद्यालयका शिक्षक केसी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर