Aamsanchar

आर्थिक अभावले अर्जुन महिनौंदेखि ओछ्यानमा

Author Image
शनिवार, माघ २६, २०७५

बिर्तामोड ।

चार वर्षका अभिषेक खत्री आफु ठूलोभएर डाक्टर बन्ने इच्छा ब्यक्त गरेका छन् । ओछ्यान परेका आफ्ना ३६ वर्षीय बुबा अर्जुन खत्रीलाई निको पार्ने र साइकलमा स्कुल जाने चहाना छ उनको ।

आर्थिक अभावभएका कारण उनी विद्यालयसमेत जान पाएका छैनन् । अर्जुनकी श्रीमती विमला शनिबार सातमहिनाकी छोरी अविना र ४ वर्षका छोरा अभिषेक लिएर आमसञ्चार डटकमको कार्यलय आइपुगिन् ।

आफ्ना श्रीमान विगत सात महिनाअघिदेखि मेरुदण्डमा क्यान्सरभएर जीवनमरणको दोसाधमा रहेका बताइन् । पुर्खेली घर खोटाङभएपनि केहि वर्षदेखि मोरङको सुन्दर हरैंचा नगरपालिका–७ विराटचोकमा बस्दै आएका खत्री परिवार आर्थिक अभावका कारण समस्यामा परेको हो ।

ढाडमा सामान्य समस्याभएपछि रोग पत्ता लग्दासम्ममा १४ लाख रुपैंया बढी खर्चभइसकेको विमलाले बताइन् । उनी भन्छिन्–’के रोग लागेको हो भन्दै उपचारका लागी धेरै अस्पताल धायौं तर रोगले निकै ग्रस्त बनाएपछि मात्र थाहा भयो कि श्रीमानलाई त क्यान्सर लागेको रहेछ ‘। गहभरी आँशु पार्दै विमलाले भनिन्–छोरो स्कुल जानेबेला भयो अर्की छोरी सानै छ, सम्पत्तिको नाममा १० धुर जग्गा छ तर ऋण अझै १३ लाख छ अब के गर्ने ?

अर्जुनको उपचारमा १० दिनको ४४ हजार रुपैंया खर्च लाग्ने चिकित्सकहरुले बताएको उनकी बहिनी रुविना खत्रीले जानकारी दिइन् । उनीले आर्थिक अभावकै कारण दाजुलाई घरमै राखेर विरामले छटपटिरहेको हेर्न विवस हुनुपरेको बताइन् ।

खत्री परिवारले अर्जुनको उपचारमा आर्थिक सहयोग गरिदिन सबैसंग आग्रह गरेका छन् । उनलाई सहयोग गर्न चहानेहरुले लुम्बिनी विकास बैंकको खाता नम्बर ०५८१०४२०१२६५७१००००१ मा सहयोग रकम जम्मा गरेर अर्जुनलाई नयाँ जीवन प्रदान गरिदिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर