Aamsanchar

दन्त चिकित्सकको कार्यशाला सम्पन्न

Author Image
आइतवार, माघ २७, २०७५

चितवन, 

नेपाल डेन्टल एशोसिएसन चितवन शाखाको आयोजनामा दन्त चिकित्सकको क्षेत्रीय कार्यशाला सौराहामा शनिबार सम्पन्न भएको छ । सो अवसरमा छ विज्ञ चिकित्सकले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विज्ञहरू डा निल पाण्डे, डा रीता सिंह, डा आयुष खरेल, डा दिनेश शर्मा भुषाल, डा रञ्जीता श्रेष्ठ र डा सुनि मल्लले कार्यपत्र प्रस्तुत गर्नुभएको एशोसिएसन चितवनका अध्यक्ष डा बिष्णुमाया खरेलले जानकारी दिनुभयो । कार्यशालामा विज्ञहरूले स्तरीय उपचार पद्धत्तिका विषयमा जानकारी गराउनुभएको थियो ।

देशको मुख स्वास्थ्य नीति स्पष्ट नहँुदा दन्तरोगका बिरामी बढेको सहभागीले आँैल्याएका थिए । मुख तथा दन्त स्वास्थ्य सेवा जनताको पहुँचमा सर्वसुलभ ढङ्गबाट पुग्ने नीति नभएकै कारण यसको समस्या विकराल बन्दै गएको उनीहरूको भनाइ थियो । कार्यशालामा देशभरबाट ११० दन्त चिकित्सक सहभागी भएको खरेलले बताउनुभयो ।

नेपालमा हाल दुई हजार ७०० दन्त चिकित्सक छन् । हरेक वर्ष ६०० हाराहारी चिकित्सक थपिने तथ्याङ्क रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर