Aamsanchar

मोहनमायामा नयाँ भवन बन्ने भएपछी विद्यालय परिवार दंग

Author Image
आइतवार, माघ २७, २०७५

चारपाने, माघ २७ ।  मोहनमाया माध्यमिक विद्यालयमा नयाँ चारतले भवन बन्ने भएको छ । झापा जिल्लामा रहेको सामुदायिक विद्यालयहरु मध्ये केहिमात्र  नमुना विद्यालयको रुपमा रहेका छन र त्यसमा मोहनमाया माद्ययमिक विद्यालय पनी पर्छ । विपन्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने बिर्तामोड–२ चारपानेको मोहनमायामा विएण्डसी टिचिङ हस्पिटलका कार्याकारी निर्देशक दुर्गा प्रसाईको सक्रियतामा चारतले भवन बन्ने भएको हो ।

आईतबार सरस्वती पुजाको शुभ साईत पारी भवनको शिलल्यास गरिएको छ । भवनको शिलन्यास हस्पिटलका कार्याकारी निर्देशक दुर्गा प्रसाई, अध्यक्ष ईन्दिरा गिरीले गरे । तिन महिना भित्रमा पहिलो तल्ला ३३X७० बर्ग फिट क्षेत्रफलमा निर्माण गरिने भवनको पुरै काम सक्दासम्म निर्माणमा ५० भन्दा बढी लगानी गर्ने प्रसाईले बताए ।

नौ सय विद्यार्थी अध्ययनरत मोहनमायामा २२ जना सुस्त श्रवण विद्यार्थीहरु पनि अध्ययन गरीरहेका छन । सुस्त श्रवण विद्यार्थीहरुलाई शैशिक सामाग्री, शिक्षक र खानाको व्यवस्था सरकारले मिलाएको भएतापनी आवासको व्यवस्था सरकारले नगर्ने भएको हुदाँ विद्यालयले नै आवास मिलाउनु पर्ने बाध्यता रहेको अवस्थामा ति विद्यार्थीहरुका लागि व्यवस्थित आवास विएण्डसी समुहले निर्माण गरिदिने भएकोमा विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले कार्यकारी निर्देशक प्रसाई, अस्पतालकी अध्यक्ष गिरी, दाताखोजीमा सक्रिय बनेका समाजसेवी देविप्रसाद गिरी तगायलाई धन्यवाद दिएका थिए ।

निर्माण सम्पन्न भवनमा पहिलो तल्लामा सुस्त श्रवण विद्यार्थीको आवास र बाकी तिन तल्लामा एघार बाह्रका विद्यार्थीहरुलाई पठन पाठन गर्न प्रयोग गर्ने विद्यालयका अध्यक्ष नारायण राजवंशीले शिलन्यास कार्यक्रममा बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर