Aamsanchar

बिएण्डसीले गरिदिने भयो यादवको ट्युमरको अप्रेसन

Author Image
बिहिवार, फागुन ९, २०७५

बिर्तामोड ।

बाँके नरैनापुर गाउँपालिका – ६ दोन्द्राका मुलायम यादवको बायाँ गालामा भएको ट्युमरको निशुल्क अप्रेसन हुने भएको छ । झापाको बिर्तामोडमा रहेको बि एण्ड सी टिचिङ अस्पतालले यादवको निशुल्क अप्रेशन गरिदिने भएको हो ।

केहि दिन अघि सञ्चारमाध्यममा ‘टाउको जत्रै ट्युमर’ शिर्षकमा खर्च अभावमा उपचार नपाएका यादवको समाचार प्रकासन भएपछि बि एण्ड सी टिचिङ अस्पतालले यादवको उपचारमा चासो दिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले यादवको उपचारका लागि घरबाट हिडेदेखी अप्रेसन पछि घर पु¥याउने सम्मको सबै खर्च अस्पतालले बेहोर्ने बताए । ‘पाँच वर्षको उमेरमानै आमाबुबा गुमाएका ७२ वर्षिय पिडीत यादवको समाचार अन्नपुर्णमा पढे, खर्च अभावमा १० वर्षको उमेर देखिनै गालामा ट्युमर बोकेर बसेको थाहा भयो, सबै समाचार पढेपछि हामिले निशुल्क उनको अप्रेसन सहित उपचार गर्ने निर्णय गरेका हौँ ।’ कार्यकारी निर्देशक प्रसाईले भयो ।

उनले अस्पतालमा यस्तो किसिमको ट्युमरको सफल अप्रेशन र उपचार गर्ने बिषेशज्ञ सहित चिकित्कसको टोलि रहेकोले यादवको सफल अप्रेशन बि एण्ड सीमा हुने बताए । कार्यकारी निर्देशक प्रसाईले यादवको ट्युमर गालामा भएकाले अप्रेसन गर्न खासै समस्या नहुने र अप्रेसन पछि पिडीत यादब सहज रुपमा जिउन सक्ने बताए ।

‘मैले अप्रेसन गर्ने चिकित्सक पनि उनको समचारका विषयमा कुराकानी गरे, पत्रिकामा छापिएको फोटोपनि देखाए, चिकित्सकको सल्लाह बमोजिम सफल अप्रेसन हुने भएपछि उनको उपचार गर्ने निर्णय लिएको हो ।’ उनले भने । उनले अघि थपे – ‘पिडित यादब घर देखि हिडे पछिको सबै खर्च अस्पातललेनै बेहोर्छ, हामिले यस्ता खर्च अभावमा उपचार नपाएका धेरैको निशुल्क सफल अप्रेसन गरेका धेरै उदाहरण छन् यो अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत पनि पर्छ ।’

निर्देशक प्रसाईले अस्पताललाई सबै नागरिकले सहज र सुलभ रुपमा उपचार गर्ने साझा अस्पातलाको रुपमा विकास गर्ने लक्ष अनुरुप अहिले उपचार अभावमा पिडा बेहोरीरहेकाको निशुल्क उपचार र अप्रेसन गरेर यसको सुरुवात गरेको समेत बताए । उनले बाँकेका ट्युमर पिडीत यादवको उपचारमा जतिनै खर्च लागे पनि सबै अस्पतालले बेहोर्नेमा ढुक्क रहन उनका आफन्तलाई आग्रह समेत गरे । ‘यादवको उपचारमा जतिनै लाख खर्च लागोस हामि उनको ट्युमरको अप्रेसन गरेर स्वास्थ्य बनाएर घर पठाउँछौ ।’ उनले भने ।

पिडित यादवले यस अघि नेपालगन्ज र लखनउसम्म पुगेर तीन पटक सम्म चिकित्सकलाई ट्युमर देखाएका थिए । सबैले अप्रेसन गर्नुपर्ने भनेपछि पैसा अभावमा यादवले रोग पालेरै बसेका छन् ।विवेचनाबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर