Aamsanchar

बर्खामा बाढी, हिउदमा बारी

Author Image
बिहिवार, फागुन ९, २०७५

विनोद पाण्डे कमल/आमसंचार

गर्नेलाई जाईत्यही नगर्नेलाई काईनकाई भन्ने उखान छ । हरेक बर्ष असार देखि भदौ सम्म जलमग्न डुवान हुन्छ त्यसपछी थुर्पिएको बालुवा र पटेर कासघारीले छपक्कै पोप्छ अनि फेरी त्यो ठा“उलाई खनजोत गरिन्छ अनी नगदेवाली लगाउन सुरु गर्छन बाह्रदशी गाउ“पालिका राजगढ घाग्रा खोला किनारका कर्मशिल कृषकहरु ।

दिनभरी गाउ“ सहरका चोक र गल्लीमा काम छैन टायमपास भन्दै क्यारेमवोर्ड, लुडो, तास जस्ता खेल खेलेर कयौ युवाहरु उर्जाशिल समयलाई खेल फालिरहेका छनभने, समाजमा केही गरौं भन्ने जोस,जागर र ईच्छाशक्ति भएका केही युवादेखी प्रौडहरु आफ्नै घर बरपर लाखौ कमाई गरिरहेका छन ।

उब्जनी योग्य खेती भएकाहरु वेरोजगार बनेर बरालिने बहाना गरिरहेकाको अगाडी, भएको जमिन खोलाले मरुभूमी बनाएका र आफ्नो एक धुर जमिन नभएकाले ठेक्का लिएर भएपनी आफ्नो श्रम र विवेक प्रयोग गरेर यसरी बन्दाकोपी, काउली, टमाटर, खरबुजा लगायतका तरकारी फलफुल खेती गरेरे खोला प्रभावित क्षेत्रलाई आम्दामिको बलियो श्रोत बनाएका छन झापा राजगढका केही कृषकहरुले ।

अरु फोटोहरु पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर