Aamsanchar

५२२ ले लिए निःशुल्क स्वास्थ्य सेवा

Author Image
शुक्रवार, फागुन १०, २०७५

गोलधाप ।

झापाको गोलधापमा शुक्रबार एकदिने निःशुल्क होमियोप्याथी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

प्रदेश नम्बर–१ को सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजना तथा हल्दिबारी गाउँपालिका–१ नम्बर वडा कार्यालयको सह–आयोजनामा शिविर सम्पन्न भएको हो ।

हल्दिबारी–१ स्थित जनजागृती माविमा भएको स्वास्थ्य शिविरमा होमियोपेथी पद्धतीबाट छाला, पेट, पायल्स, नशा, प्रेसर, मधुमेह लयागत रोगको उपचार गरिएको थियो । ५ सय २२ जनाले सेवा लिएको शिविरमा स्वास्थ्य निर्देशनालय धनकुटा मातहतका ५ जना डाक्टरले सेवा दिएको हल्दिबारी–१ स्थित सिंहवाहिनी टोल विकास संस्थाकी अध्यक्ष समिरा शिवाकोटीले जानकारी दिइन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक भोगेन्द्रराज डोटेलको अध्यक्षता तथा झापा क्षेत्र नम्बर ३ का सांसद् राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा भएको शिविरमा प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशी, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहाल लगायतको उपस्थिति थियो ।

शिविरमा प्रमुख अतिथि लिङ्देनले सर्वसाधारणको हित हुने कार्यक्रममा आफ्नो सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर