Aamsanchar

खुदुनाबारीमा अभिषेक बचाउ अभियान सुरु

Author Image
शनिवार, फागुन ११, २०७५

सागर गौतम / खुदुनाबारी,

दुवै मृगौलाले नीक्रिय भएपछि झापाको अर्जुनधारा–२ स्थित बेलटार निवासी अभिषेक समाल मगरको उपचार गर्नका लागि आर्थिक सहायताको अपिल गरिएको छ । खुदुनाबारीवासिन्दाले समाल मगर बचाउ समिति निर्माण गरेर सहयोगको अपिल गरेका छन् ।

आर्थिक रुपमा बिपन्न मगरको जायजेथाबाट उपचार सम्भव नहुने भएपछि परिवारको अनुरोधमा स्थानीयले समिति निर्माण गरेर सहयोगको याचना गरेका छन् । मगरको दुवै मृगौला नीक्रिय भएको न्युटिया अस्पताल सिलगुडी भारतमा कार्यरत डाक्टर भुटियाले २०७४ चैत्रमा जानकारी दिएको पारिवारिक स्रोतले बतायो । त्यसपछि वीर अस्पताल काठमाण्डौं र त्रिवि शिक्षण अस्पताल महारागञ्जमा उपचारको क्रममा करिब १५ लाख रुपैंया खर्च भईसकेको उनका बुबा जगत समाल मगरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

१९ वर्षीया मृगौला पीडित मगरको उनकी आमा जानुकाको छोरालाई मृगौला प्रत्यारोपण गर्ने तयारी भैइरहेको उनका बुबाले बताए । मगरको काठमाण्डौ स्थित गङग्वु बुलन्द अस्पतालमा ४ महिना यता हप्तामा २ पटक डाइलोसिस उपचार हुदैँ आएको चिकित्सकले बताउँदै आएका छन् ।

यदि अभिषेकको आमा जानुकाबाट मृगौला प्रत्यारोपण भएमा त्रीवि शिक्षण अस्पताल महारागञ्जमा करिब ४ लाख रुपैंया अस्पतालले बेहोर्ने र ६ लाख रुपैंया अस्पतालमा जम्मा गर्नुपर्ने अस्पतालले श्रोतले जानकारी दिएको उनका बुबाले बताए । जगत समालका ३ जना छोरा छन् । एकजनाको मृत्यु भैइसकेको छ ।

कान्छा छोरा अतीत उनको साथमा छन् । यसअघि रोग पत्ता लगाउन र उपचार चेकजाँचमा भएको जमिन, घर सहित जायजेथा सबै सकिएको र आफू साइला भाई कुमार मगरकोमा बस्दै आएको उनले बताए । अभिषेकले मनकामना बहुमुखी कलेज बिर्तामोडबाट कक्षा १२ उतीर्ण गरेपछि उनको पढ्ने सपना पनि अधुरो रह्यो ।

स्थानीय ख्याम समाल मगर(अर्जुन) नेतृत्वमा १५ सदस्यीय गठित समितिले सहयोगको याचना सहित रकम संकलन गर्न शुरु गरेको छ । समितिले आह्वान गरेको छलफलको क्रममा लगभग १८ हजार रुपैंयाँ संकलन भएको समितिका सदस्य अमर परियारले जानकारी दिए ।

उनको उपचार लाग्ने खर्च जुटाउन समिति प्रतिबद्ध रहेको संयोजक समालले बताए । आमा जानुकाको स्वास्थ्य जाँच गर्दा ब्लड गुप र मधुमेहको मात्रा मिलेमा अपरेसनको मिति चाँडै तय हुने समितिले जानकारी दिएको छ । समितिले अभिषेकको उपचारमा सहयोग गर्न सम्पूर्णमा आग्रह गरेका छन् ।

अभिषेक बचाउ अभियान आयोजित पत्रकार सम्मेलनमा वडा–२ का अध्यक्ष रघुनाथ खनाल, नगरसभा सदस्य राजेन्द्र बाग्ले, बेलटार खानेपानी उपभोक्ता तथा सरसफार्ई समितिका अध्यक्ष योगेन्द्र आचार्य, रेडक्रस उपशाखा खुदुनाबारीका सचिव मुकुन्द भण्डारी, युवा समाजसेवी राजा सावाँ, राजु श्रेष्ठ, कैलाश श्रेष्ठ, भवानी अधिकारी, समितिका सह–संयोजक गोविन्द्र घिमिरे, सह–सचिव सुजन मगर, सहयोग लागि सबैलाई जुट्न अपिल समेत गरेका छन् ।

ग्लोबल बैंकमा रहेको खाता नम्बर ५८०७०१०००५६१० अभिषेकलाई आर्थिक रुपमा सहयोग गर्ने सक्ने समितिका सचिव झलक राईले जानकारी दिएका छन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर