Aamsanchar

साना अस्पताल र क्लिनिकलाई समस्या

Author Image
शनिवार, फागुन ११, २०७५

दमक।

दमकमा साना अस्पताल तथा क्लिनिकहरुको दर्ता नवीकरणमा समस्या देखा परेको छ । २५ बेड क्षमताभन्दा तलका अस्पताल र यहाँ सञ्चालन हुने क्लिनिकहरु स्थानीय तहमा नै अनुगमन तथा नवीकरण गर्न सकिने भनेर अधिकार आए पनि स्थानीय स्वास्थ्य ऐन बनाउन नसक्दा समस्या भएको भएको बताइएको छ ।

दमकमा २५ बेडभन्दा तलको एउटामात्र अस्पताल रहे पनि स्वास्थ्य क्लिनिकहरु भने एक सयभन्दा बढी रहेका छन् । नगरपालिकाले भने आफूहरुले जिल्लासँग दर्ता भएका क्लिनिकहरुको बिवरण माग गरेकाले त्यसपछि मात्र यकिन संख्या थाह हुने जनाएको छ । अधिकांश मेडिकल हलहरुले यहाँ क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार स्वास्थ्य ऐन तथा निर्देशिका बनाउनका लागि नगरपालिकाले आवश्यक तयारी शुरु गरेको छ । नवीकरण र दर्ता कसरी गर्ने भन्नेमा अन्योल रहेको उनले बताए । अस्पताल र क्लिनिकहरु नवीकरणका लागि आइरहेका छन् तर स्थानीय स्वास्थ्य ऐन नहँुदा हामीले नवीकरण गर्न सकेका छैनौं– अर्यालले भने । मापदण्ड अनुसार रहे÷नरहेको अनुमगन समेत हुन नसकेको उनले बताए ।

दमकमा धरान तथा विराटनगर र काठमाडौबाट समेत बिभिन्न बिशेषज्ञ डाक्टरहरुले क्लिनिकमा आएर सेवा दिँदै आएका छन् । अस्पताल जस्तै ठूला क्लिनिकहरु रहे पनि यसको अनुगमन नभएको भन्दै बिरोध समेत हँुदै आएको छ । हामी अनुगमनका लागि बिज्ञ सहितको समिति बनाउँछौ, यसका लागि पनि स्थानीय स्वास्थ्य ऐन, निर्देशिका र कार्यबिधि बनाउन जरुरी छ– अर्यालले भने ।

दमक अस्पतालमा नपाको व्यवस्थापन समिति

यसैबीच दमकको स्वास्थ्य चौकीबाट २ बर्ष अघि स्तरोन्नति भएर सरकारी अस्पताल सरहको मान्यता पाएको दमक अस्पतालको व्यवस्थापनको जिम्मेवारी दमक नगरपालिकाले आफंै लिएको छ । अस्पताल व्यवस्थापन तथा सञ्चालक समितिको अध्यक्षमा नगरपालिकाकी उपप्रमुख गीता अधिकारीलाई नगरपालिका तोकेको छ । यसभन्दा अगाडि स्वास्थ्य मन्त्रालयले समितिको संयोजक तोक्ने गरेको थियो ।

अधिकारीले आवश्यकता अनुसार कर्मचारी नियुक्तिको काम समेत भएको र अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन शुरु भएको बताइन् । ३ महिना यता अस्पतालमा २४ सै घण्टा सेवा शुरु गरिएको र इमरजेन्सी सेवा समेत शुरु गरिएको नगर उपप्रमुख अधिकारीले बताइन् ।

जिल्ला अस्पतालको मान्यता पाए पनि कर्मचारी अभाव र व्यवस्थापकीय समस्याका कारण अलमल थियो, अब त्यो अवस्था छैन– अधिकारीले भनिन् । अस्पतालमा बर्थिङ सेन्टर समेत सञ्चालनको अन्तिम तयारी रहेको जानकारी दिँदै उनले भनिन्– यही महिनाभित्रमा बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याउँछौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर