Aamsanchar

भुटेको लसुन खाँदा यस्तो छ फाइदा

Author Image
शनिवार, फागुन ११, २०७५

एजेन्सी ।

लसुनलाई खानामा मात्र नभईकन स्वास्थ्यको लागि पनि निकै फाइदाजनक भनिएको छ तर काँचो लसुनभन्दा भुटेको लसुन धेरै लाभदायक रहेको विज्ञहरुले बताएका छन् । विशेषगरी पुरुषहरुको लागि भुटेको लसुन निकै नै फाइदाजनक रहेको छ ।

हेर्नुहोस् लसुनका केही फाइदाहरु

अधिक स्टामिना

भुटेको लसुन स्वास्थ्यको लागि राम्रो मानिएको छ । यसमा लिसिन हुन्छ जसले शरीरको रक्त चाँपलाई सही राख्ने गर्दछ ।

दातको दुखाई कम

यदि दातमा दुखाई छ भने लसुन राम्रो उपाय रहेको छ । भुटेको लसुनलाई पिसेर दातमा राख्नाले आराम मिल्छ र दुखाई कम हुन्छ । लसुनमा एन्टी बैक्टीरियल तत्व हुने गर्छ जसले दातमा भएको दुखाईलाई सिधा असर पार्ने गर्दछ ।

हर्मोन ब्यालेन्स

लसुनमा भएको ऐलीसिनले पुरुषको सेक्स हर्मोनलाई सन्तुलित राख्न मदत्त गर्दछ ।

पेटको रोगबाट टाढा

भुटेको लसुनले पेटसम्बन्धि रोगहरुबाट टाढा राख्ने काम गर्दछ । हरेकदिन भुटेको लसुन खानाले छातीमा हुने जलनका साथै पेटमा हुने रोगहरुबाट टाढा राख्ने काम गर्छ ।

रोग प्रतिरोधक क्षमता

भुटेको लसुनले रोग प्रतिरोधक क्षमतालाई बढाउने काम गर्दछ । यसमा एन्टि बैक्टीरियल तत्व हुने गर्छ जसले चिसोबाट मात्र नभईकन थकानलाई पनि भगाउने काम गर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर