Aamsanchar

राजगढका ३ सय ३६ जानले निःशुल्क स्वास्थ्य सेवा लिए

Author Image
आइतवार, फागुन १२, २०७५

बिर्तामोड।

वाह्रदशी गाउँपालिका– ३ राजगढले आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय ३६ जानले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

विभिन्न प्रकारका रोग लागेपनि अस्पतालका पहुँचमा पुग्न नसकेकाहरुले निःशुल्क स्वास्थ्य सेवा लिएको गाउँपालिका– ३ वडा अध्यक्ष वीरेन्द्र राजवंशीले जानकारी दिनुभयो ।

भद्रपुरमा रहेको ओम साई पाथीभरा अस्पताल,बिर्तामोडमा रहेको दृष्टि आँखा अस्पताल र राजगढमा रहेको राजगढ पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरले प्राविधिक सहयोग गरेको कार्यक्रममा वरिष्ट फिजिसियन अमर कपुरी, वालरोग विशेषज्ञ दीपकराज पौडेल लगायतका चिकित्सकले सेवा प्रदान गर्नुभएको थियो ।

दम, मधुमेह, उच्च रक्तचापका विरामी शिविरमा बढी पाइएको बताइएको छ । त्यस्तै कानका रोगीको संख्या पनि अधिक रहेको चिकित्सकले बताएका छन् । शिविरमा विभिन्न कम्पनीको सहयोगमा राजगढ पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरले निःशुल्क औषधि वितरण गरेको पोलिक्लिनिकका सञ्चालक पदम राजवंशीले बताउनुभयो ।

वाह्रदशी– ३ का अध्यक्ष रोजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी, उपाध्यक्ष रत्नाकुमारी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत तुलसीकुमार नेपाल, लेखा अधिकृत सेवक विक्रम राई,अधिकृत तेजप्रसाद रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर