Aamsanchar

सरकार र आन्दोलनरत चिकित्सकको वार्ता मिलेन

Author Image
सोमवार, फागुन १३, २०७५

काठमाडौं :

कर्मचारी समायोजनको विरोध गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिहरूबीच भएको वार्ता विनानिष्कर्ष  टुंगिएको छ।

सरकारी चिकित्सकले ७२ घन्टे अल्टिमेटम दिएको भोलिपल्ट आज सोमबार स्वास्थ्य मन्त्रालयले वार्ताको लागि सरकारी चिकित्सकलाई बोलाएको थियो। सोमबार दिउँसो मन्त्रालयमा भएको वार्तामा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, सचिव डा पुष्पा चौधरी र अर्का सचिव चन्द्रकुमार घिमिरे थिए। चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, महासचिव डा लोचन कार्की, डा प्रकाश बुढाथोकी र सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डे, उपाध्यक्ष डा सुनिल पौडेललगायत सहाभगी थिए।

वार्तामा मन्त्रालयले सरकारी चिकित्सकका मागलाई सम्बोधन गर्न वार्तामा बोलाए पनि सरकार आफूहरुको मागप्रति गम्भीर नदेखिएर वार्ता निष्कर्षविहीन भएको सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले बताए। उनले भने, ‘आज दिउँसो हामीलाई वार्तामा कोलाएर गएका थियौँ तर उहाँहरु हाम्रो मागप्रति संवेदनशील नदेखिएर वार्ता विना निष्कर्षमा पुग्यो।’

कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरेको भन्दै सरकारी चिकित्सक विधेयक सच्याउन सरकारसँग आग्रह गर्दै गत हप्ता आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। गत हप्ता घोषित कार्यक्रमअनुसार सोमबार देशभरका चिकित्सकहरूले विधेयक सच्याउन सरकारलाई दबाब दिँदै स्वैच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गरेका थिए।

मंगलबार माइतीघर मण्डलामा आफूहरूको आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै रक्तदान कार्यक्रम आयोजना गरेका थिए। यस्तै, बुधबार सरकारी डाक्टरहरू सामूहिक बिदामा बसेका थिए भने बिहीबार राजीनामा संकलनको काम अगाडि बढाएका थिए।

शुक्रबार उनीहरूले देशभरका सम्पूर्ण सरकारी अस्पतालहरूमा आकास्मिक सेवा बाहेका सेवा बहिष्कार गरेका थिए। यस बिचमा पनि आफूहरुको माग पूरा नभएको भन्दै थप आन्दोलनको कार्यक्रम सञ्चालन गरेको छ। वार्ता विना निष्कर्षमा पुगे पनि आन्दोलन जारी रहने संघले जनाएको छ।-थाहा खबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर