Aamsanchar

किसानलाई हाते मिनी ट्रिलर

Author Image
सोमवार, फागुन १३, २०७५

सल्यान,

कपुरकोट गाउँपालिकाले किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी ट्रिलर हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसान समूहले व्यहोर्नेगरी वितरण गरिएको कपुरकोट गाउँपालिका कृषि शाखाले जनाएको छ । गाउँपालिकाभित्रका छ किसान समूहलाई एक÷एक वटाको दरले ट्रिलर वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले किसानलाई उक्त सामग्री हस्तान्तरण गर्दै परम्परागत कृषिप्रणालीमा पविर्तनको खाँचो अवाश्यक छ भन्नुभयो ।
“हामी अझै पनि खेतबारी गोरुबाट जोत्दै आएका छौँ’, अध्यक्ष सेनले भन्नुभयो, “अब कृषिमा आधुनिकीकरणको खाँचो छ । हाम्रो ठाउँमा ठूला ट्याक्टरले जोत्न सम्भव छैन । त्यसैले यसवर्ष ६ थान मिनी ट्रिलर वितरण गरेका छौँ ।” सबै वडाबाट किसानको मागका आधारमा वितरण कार्यलाई निरन्तरता दिइने अध्यक्ष सेनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर