Aamsanchar

हात्तीपाइले संक्रमितको सङ्ख्या अत्यधिक

Author Image
मङ्गलवार, फागुन १४, २०७५

लमही, 

तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले सर्वेक्षणका क्रममा तुलसीपुरमा १२ प्रतिशत व्यक्तिमा हात्तीपाइलेको संक्रमण देखिएको बताउनुभयो ।

तुलसीपुरमा एक लाख ६४ हजार २१८ जनसङ्ख्यामध्ये करीब २० हजारमा हात्तीपाइलेको संक्रमण देखिएको उहाँको भनाइ छ । यही फागुन १५ गतेदेखि १८ गतेसम्म दाङका १० वटै स्थानीय तहमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने कार्यक्रम छ । सोहीअनुसार तुलसीपुर उपमहानगरपालिकामा पनि तयारी पूरा भएको छ । यसअघि हात्तीपाइलेविरुद्धको औषधि खुवाए पनि रोगीको सङ्ख्या न्यूनीकरण हुननसकेको भन्दै नवाँै पटक दाङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन लागिएको हो ।

दुई वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, छारेरोगका बिरामीबाहेक अन्य सबैलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइनेछ । सबैले हात्तीपाइलेविरुद्धको औषधि सेवन नगर्दा दाङमा हात्तीपाइलेका बिरामी घट्न नसकेको दाहालको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर