Aamsanchar

शून्य समय

Author Image
मङ्गलवार, फागुन १४, २०७५

काठमाडौँ,

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नौबिसे नागढुङ्गा राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको धार्के सीतापाइला सडक स्तरोन्नति गर्ने र भेरी अञ्चल अस्पताल तथा सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय स्वागतयोग्य रहेको चर्चा गर्दै ती अस्पतालमा थप उपकरणको व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँहरुले कैदीबन्दीले तयार गरेका सामग्रीलाई बजारको उचित प्रबन्ध गर्न, कृषिमा दिने अनुदान वृद्धि गर्न, कर्णाली प्रदेशको सडक पूर्वाधारमा पहिलो प्राथमिकता दिन, शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न पनि माग गर्नुभयो ।

शुन्य समयमा बोल्नुहुने सांसदहरूमा भूमि त्रिपाठी, महेश्वरजङ्ग गहतराज, मायादेवी न्यौपाने, मोहन बानियाँ, यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, यशोदा गुरुङ सुवेदी, रङ्गमति शाही, राजेन्द्रकुमार राई, रामबहादुर विष्ट हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर