Aamsanchar

ज्येष्ठ नागरिक भवनको शिलान्यास

Author Image
बुधवार, फागुन २९, २०७५

विराटनगर,

विराटनगर महानगरपालिका प्रमख भीम पराजुलीले नगरका १९ वडामा एकीकृत ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने बताउनुभएको छ ।

ज्येष्ठ नागरिक हातेमालो समाजद्वारा ज्येष्ठ नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन विराटनगर–३ मा निर्माण गरिने भवनको आज यहाँ शिलान्यास गर्दै उहाँले निर्माण गरिने भवनका लागि रु १० लाख निकासासमेत गरिएको जानकारी दिनुभयो । 

महानगरले ज्येष्ठ नागरिकका लागि दिवासेवासमेत सञ्चालन गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले भवनका लागि आवश्यक पर्ने काठ नेपाल सरकारको सहुलियत दरमा उपलब्ध गराइने जानकारी गराउनुभयो । 

संस्थाका अध्यक्ष जीवननाथ घिमिरे र वडाध्यक्ष विनोद बस्नेतले भवन निर्माणबाट ज्येष्ठ नागरिकबीच भेटघाट र समय कटाउन सहज हुने विचार व्यक्त गर्नुभयो । उक्त भवन दुई कट्ठा पाँच धुर जग्गामा निर्माण गरिने भएको भएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर