Aamsanchar

माने यसकारण बनाईन्छ

Author Image
सोमवार, चैत ११, २०७५

इलाम सुर्योदय नगरपालिका स्थित सल्लाघारीमा निर्मित माने  । विशेषगरी तामाङ जातीका समुदायहरुले आफ्ना दिवंगत परिवारको स्मृतिमा यस्तो माने,  चैत्य बनाउने चलन छ ।  उनीहरु यस्ता चैत्यलाई कतै ‘हिकी’ र कतै ‘मानी’ भन्दछन् । बौद्धमार्गीको चैत्यका चारैतिर अथवा कुनै ठाउँमा ‘ॐ मणि पद्मे हुं’ भन्ने मन्त्र अङ्कित हुन्छ भने बोन्पोको अनुयायीका चैत्यमा ‘ॐ मत्रिमुये सालेदु ! भन्ने मन्त्र अङ्कित हुन्छ । बाटो हिँड्ने मानिस यस्तो चैत्यलाई बौद्ध भए दाहिने पारेर र बोन्पो भए बायाँ पारेर हिँड्नुपर्दछ, यसो गर्नाले त्यस बटुवालाई धर्म हुन्छ र हिँडेको थकाइ पनि लाग्दैन भन्ने विश्वास उनीहरुमा पाइन्छ । 
फोटो : बिनोद पाण्डे कमल/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर