Aamsanchar

यामाहले तिन दिनमा गर्यो सय भन्दा बढी मोटरसाईकल एक्सचेन्ज

Author Image
शनिवार, चैत १६, २०७५

चारपाने । सयपत्री ट्रेड लिङ्क विर्तामोडले आयोजना गरेको यामाहा मोटरसाइकल तथा स्कुटर महामेला आज समाप्त हुदैछ ।

नेपालमा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन विक्री गर्दै आएको यामाहा कम्पनीले एक्सचेन्ज, मर्मत लगायतका सबै सेवा एकै ठाउँमा प्रदान गर्ने गरी महामेलाको आयोजना गरेको हो ।चैत १३ देखि सञ्चालन भएको महामेलामा भन्दा बढी मोटरसाईकल एक्सचेन्ज भई सकेको सयपत्री ट्रेड लिङ्कका संचालक बिनोद बस्नेतले जानकारी दिए ।

विर्तामोडको भद्रपुर रोडमा सयपत्री ट्रेड लिङ्कको कार्यालय भए पनि त्यहाँ सडक विस्तार भइरहेको हुँदा महामेला कार्यक्रम पश्चिम लाइनको खड्का कम्प्लेक्स छेउमा आयोजना गरिएको छ ।कुनै पनि ब्रान्डको पुरानो बाइक तथा स्कुटर एक्सचेन्जका लागि ल्याउँदा न्यूनतम् रु ३० हजार दिने गरेको कारण बाइक पारखीहरु महामेलामा आकर्षित भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर