Aamsanchar

बिर्तामोड कृषि उपच बजारमा व्यापारी र नगरपालिका विच बैचारिक असहमती

Author Image
शुक्रवार, वैशाख १३, २०७६

विनोद पाण्डे

चारपाने, बैशाख १३ । नेपाल सरकार कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको स्वामित्वमा बिर्तामोमा रहेको कृषि बजारलाई मन्त्रालयद्वारा जारी गरिएको कृषि उपच बजार संचालन निर्देशिका बमोजिम नै रहन दिन झापा फलफुल तथा तरकारी व्यवसायी संघले नेपाल सरकार कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, कृषि विभाग हरिहरभवन ललितपुर, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीककरण निर्देशनालयमा ज्ञापन पत्र बुझाएको छ ।

बिर्तामोड कृषि बजारको स्वामित्व स्थानिय सरकार नगरपालिकाले लिने तयारी भई रहेको अवस्थामा स्थानियको स्वामित्वमा रहे कृषि बजार, कृषक र व्यापारीको पहुचभन्दा बाहिर पुग्ने भन्दै बजार स्थानिय सरकारको माहततमा हुननदिन भन्दै विहिबार स्थलगत अनुगमनमा आउनु भएकी कृषि तथा पशुपक्षी विकास राज्य मन्त्री राम कुमारी चौधरी पनि झापा फलफुल तथा तरकारी व्यवसायी संघका पदाधिकारीहरुले ज्ञापन पत्र बुझाएका छन ।

भारत, चिन वंगलादेश, भुटान लगायतका देशबाट विभिन्न कृषि उपचहरु आयात र नेपाली कृषि उत्पादन अदुवा, अलैची, अमृसो र ताजा तरकारीहरु निर्यात हुदै आएको छ ।

कृषि बजारलाई व्यवस्थित गर्न बजारको आधुनिक संरचना निर्माण, स्तरोउन्नती, शितभण्डार निमार्ण, कुलिङचेम्बर निर्माण, बिक्री स्टललाई आधुनिक बनाउन फोहोरको उचित ब्यवस्थापन लगायतका कामहरु गर्नका लागी लामो समयदेखि व्वयस्थापन समिति लोकतान्त्रिक पद्धतीवाट निर्माण हुन नसकेको कारणले अहिले बजारको व्यस्थापन राम्रो हुन नसकेको समेत मन्त्री चौधरीलाई जानकारी गराएका थिए ।

हाल मुलुकका स्थानिय, प्रदेश र संघिय तिनै तहका सरकारहरु संचालन भई रहेको अवस्थामा सरकारले आफ्नो कृषि बजार संचालन सम्बधी ऐन कानुनहरु तर्जोमा गर्नुपर्ने, बजारको आधारभूत भौतिक साधन निर्धारण गर्नु पर्ने, राष्ट्रिय अस्तित्वको रुपमा रहेको बिर्तामोड कृषिथोक बजारलाई संघिय सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहत नै संचालन हुने व्यवस्था गर्न गराउन मन्त्री चौधरी समक्ष झापा फलफुल तथा तरकारी व्यवसायी संघले माग राखेको छ ।

उता विभिन्न स्थानीय तह प्रदेश र केन्द्रसम्माका नेताहरुको प्रमुख चुनावी एजेण्डा बन्ने गरेको कृषिथोक बजारलाई व्यवसिथत गर्न भन्दै बिर्तामोड नगरपालिकाले आफ्नो स्वामित्वमा ल्याउन कृषि बजारको डिपिआर तयार पारी स्वामित्व माग्न प्रधानमन्त्रीको कार्यालय देखि सम्बन्धीत मन्त्रालय सम्म नगरपालिकाको टोली पुगीसकेको छ ।

कृषिथोकमा १० तल्लाको मल बनाउने लक्षका साथ नगरपालिका अघी बढेको हो । उक्त प्रस्तावित भवनमा नेपाली कृषकहरुको उत्पादनलाई बिक्रीका लागि प्रोत्साहान गर्ने , बिपन्न वर्गलाई पहिलो व्यवसाय संचालन गर्न प्रार्थमिकता दिएर मल संचालन गर्ने उदेश्य नगरपालिकाले राखेको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर