Aamsanchar

गर्मीको मौसममा कपालको हेरचाह

Author Image
मङ्गलवार, वैशाख ३१, २०७६

अहिले गर्मीको मौसम छ । गर्मीको समयमा हामीले हाम्रो स्वास्थ्य र सौन्दर्यलाइ विशेष ख्याल गर्नुपर्ने हुन्छ । गर्मीमा खानपिनमा त विशेष ध्यान दिनुनै पर्छ, यससँगै हाम्रो सुन्दरतालाई पनि जोगाउन आवश्यक हुन्छ । हाम्रो सुन्दरतासँग जोडिएको कपाल पनि हो ।कपाले व्याक्तित्वमा प्रभाव पारिरहेको हुन्छ। गर्मीमा कपाललाई कसरी हेरविचार गर्न सकिन्छ भन्नेबारे केही टिप्स–

ंं कपाल धुनु पहिले नरिवल, जैतुनको तेलले मसाज गर्ने, तर हरेक दिन भने कपाल धुनु हुँदैन । किनकी हामीले प्रयोग गर्ने स्याम्पूले कपालमा भएको प्राकृतिक तेललाई निकालिदिन्छ ।

ं कामबाट साँझ घर फर्किसकेपछि कपाल राम्रोसँग कोर्नु पर्दछ ।

ं कपालमा सकेसम्म हेयर ड्रायरको प्रयोग गर्नु हुँदैन किनकी यसको प्रयोगले कपाललाई रुखो बनाईदिन्छ ।

ंघाममा बाहिर निस्कनु अगाडि कपडाले टाउको ढाक्ने गर्नुपर्दछ, यसबाट चर्को घाम र धुलोको असर कपालमा पर्न पाउँदैन ।

ं चिसो कपाललाई कोर्नु हुँदैन, यसो गर्नाले कपाल टुक्रिने सम्भावना हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)